Banner News

मौसम : देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

मौसम : देशभर सामान्य बदली रही  केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ। प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश २,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर...

चितवनका पुराना कम्युनिस्ट नेता माओबादी केन्द्र परित्याग गरि एमाले प्रवेश ।

चितवनका पुराना कम्युनिस्ट नेता माओबादी केन्द्र परित्याग गरि एमाले प्रवेश ।
कुरिनटार-पुराना कम्युनिष्ट नेता कुलप्रसाद भुषालले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन् । वैचारिक एवंम राजनीतिक हिसाबले माओवादी केन्द्रमा विषेश योगदान दिएका चितवन खैरहनी निवासी नेता भुषालले माओवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् । भुषाल नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य एवं चितवन क्षेत्र नम्वर १ (ख) का इन्चार्ज समेत थिए । बुधबार साँझ एमाले प्रवेश गरेका भुषालले सोही दिन राति सामाजिक सञ्जाल मार्फत नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएको बताएका थिए ।...

भोलीबेलुका देशको अधिकांश ईन्टरनेट र केबल टिभी सेवाप्रदायकको लाइन काटिदै, हुनसक्छ देशभर ब्ल्याक आउट।

भोलीबेलुका देशको अधिकांश ईन्टरनेट र केबल टिभी सेवाप्रदायकको लाइन काटिदै, हुनसक्छ देशभर ब्ल्याक आउट।
कुरिनटार- नेपाल विद्युत प्राधिकरण र प्राधिकरणको पोल प्रयोग गरि सेवा प्रदान गर्ने सेवा प्रदायक बिचको भाडा विवाद उत्कर्शमा पुगेको छ। भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् । स...

जेष्ठ नागरिक दिवसको अवसरमा इच्छाकामना गाउँपालिका द्वारा जेष्ठ नागरिक हरुको सम्मान(फोटो फिचर)

जेष्ठ नागरिक दिवसको अवसरमा इच्छाकामना गाउँपालिका द्वारा जेष्ठ नागरिक हरुको सम्मान(फोटो फिचर)
बिष्णु प्रसाद त्रिपाठी, कुरिनटार- चितवनको इच्छाकामना गाउँपालिकाले ३१औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम गरेको छ। सबैउमेरको समुहको लागि विद्युतिय प्रबिधिको प्रयोगमा समानता नाराको साथ बिश्वभर मनाइरहेको जेष्ठ नागरिक दिवसको अवसरमा आफ्नो क्षेत्रको वृद्ध आमाबुबा हरुलाइ सम्मान साथै भेटघाट कार्यक्रम राखिएको र अब यस्ले प्रत्येक बर्ष निरन्तरता पाउने कार्यक्रममा उपस्थित इच्छाकामना गाउँ पालिका अध्यक्ष गिता कुमारी गुरुङ ,उपाध्यक्ष कृती...

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं,१४असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा ९एमाले०ले सभामुखको कार्यप्रति असन्तुष्टी जनाउँदै बै...

आज देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना

आज देशभर सामान्य बदली  रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशको आधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई एकरदई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको स...

नेकपा एकीकृत समाजवादी रत्ननगर १५ को अध्यक्षमा मदन भुजेल

नेकपा एकीकृत  समाजवादी रत्ननगर १५ को अध्यक्षमा मदन भुजेल
रत्ननगर : नेकपा एकीकृत समाजवादीले चितवनमा संगठन विस्तारलाई तीब्र पारेको छ । आज पुर्वी चितवनको रत्ननगर १५ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको हो । ३९ सदस्यीय वडा कमिटीको अध्यक्षमा मदन भुजेल चयन भएका छन्। कमिटीको उपाध्यक्षमा रोहिणि प्रसाद भट्ट र भिम प्रसाद बगाले,सचिवमा सविना सुवेदी(न्यौपाने),सह(सचिवमा टीका बल्लभ लामिछाने चयन भएका छन। नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले पद तथा गोपनीयता...

वाइसियल इच्छाकामना ५ को अध्यक्षमा टक बहादुर गुरुङ

वाइसियल इच्छाकामना  ५ को अध्यक्षमा  टक बहादुर  गुरुङ
अमृता गुरुङ मुग्लिन : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाइसियल)नेपाल इच्छाकामना ५को भेला सम्पन्न भएको छ ।मुग्लिनमा सम्पन्न भेलाले टक बहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय वडा कार्य समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा सन्तोष चेपाङ र आकाश चेपाङ, सचिवमा प्रविन मगर, सह–सचिवमा सागर गुरुङ, पुशपति तीवारी र कोषाध्यक्षमा सकुन्तला रानामगरलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र वागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहालको प्रमुख अथिति...

मुद्दा मिलाई दिन्छु भनी रकम असुल्न खोज्ने चितवनका कानुन व्यवसायी पक्राउ

मुद्दा मिलाई दिन्छु भनी रकम असुल्न खोज्ने चितवनका कानुन व्यवसायी  पक्राउ
चितवन : मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेको आरोपमा चितवनमा एक जना कानुन व्यवसायी पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नं ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देवकोटा पक्राउ परेका हुन् । उनले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेका थि...

आज देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

आज देशभर  सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित  मध्यम वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक)मा बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आश्विन १० गते (२६ तारिक) का दिन उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापिय क्षेत्र को रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ। यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिक देखि...