बिष्णु प्रसाद त्रिपाठी, कुरिनटार- चितवनको इच्छाकामना गाउँपालिकाले ३१औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम गरेको छ।
सबैउमेरको समुहको लागि विद्युतिय प्रबिधिको प्रयोगमा समानता नाराको साथ बिश्वभर मनाइरहेको जेष्ठ नागरिक दिवसको अवसरमा आफ्नो क्षेत्रको वृद्ध आमाबुबा हरुलाइ सम्मान साथै भेटघाट कार्यक्रम राखिएको र अब यस्ले प्रत्येक बर्ष निरन्तरता पाउने कार्यक्रममा उपस्थित इच्छाकामना गाउँ पालिका अध्यक्ष गिता कुमारी गुरुङ ,उपाध्यक्ष कृतीकुमार श्रेष्ठ वडा नम्बर चारका कार्यवाहक वडा अध्यक्ष मुक्ति सिलवाल लगायत बक्ताहरुले बताउनु भएको छ।
इच्छाकामना गाउँपालिकाको फिश्लिङ, कुरिनटार र मुग्लिङ गरि तीन स्थानमा आज सम्मान कार्यक्रम आयोजना गरिएको छ। कुरिनटारमा आयोजित कार्यक्रममा ४३ जना वृद्ध हरुलाइ स्वास्थ परिक्षणको साथै दोसल्ला ओढाइ विभिन्न परिकार खुवाइ सम्मान गरिएको थियो ।