मनकामना : प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर र बजारबाट निश्किएको फोहोर केबलकारको माथिल्लो स्टेशन नजिकै थुपारेर जलाउने गर्दा मन्दिर आउने भक्तजनहरु र स्थानीयहरु समस्यामा परेका छन् ।
गोरखाको शहिद लखन गाउँपालिकाको बेतिनी समुदायिक होमस्टे जाने बाटोमा लामो समयदेखि फोहोर थुपार्दै आएको छ ।

मनकामना दर्शन गर्न जाने मुख्य द्धार समेत रहेको माथिल्लो स्टेशन नजिकै उक्त फोहोर थुपार्दा मनकामना बजारको सौनदर्यतामा समेत असर पारेका छन् ।


स्थानीय सरकार आएको चार बर्ष बढी भइसक्दा पनि फोहोर व्यवस्थापनमा ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।
मनकामना सवार गर्दा केबुलकारको कारबाट प्रष्ट देखिने होमस्टे जाने सुरुको मुख्य द्वारमा रहेको फोहोर थुपारिएको छ ।