Banner News

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन
काठमाडौं,११फागुन । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्। उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् । लामाले दर्जनौँ चलचित्र तथा टेलीश्रृङ्खलाहरुमा अभिनय गरेका छन् । ...

इच्छाकामनामा एमसीसी पक्षधरका सांसदहरुलाई निषेध, गाउँपालिका कार्यालयको प्रवेशद्धारमा विप्लवको ब्यानर

इच्छाकामनामा एमसीसी  पक्षधरका सांसदहरुलाई निषेध,  गाउँपालिका  कार्यालयको प्रवेशद्धारमा विप्लवको ब्यानर
कुरिनटार : चितवनको इच्छाकामनामा सांसदहरुलाई प्रवेश निषेध गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको पक्षधरका सांसदहरुलाई प्रवेश निषेधको घोषणा गरेका हुन् । सो पार्टीका गाउँकमिटी इन्चार्ज रघुबिरले एमसीसीको पक्षधरका सांसदहरुलाई गाउँपालिकामा निषेध गरिएको बताउनुभयो । इन्चार्ज रघुबिर,सेक्रेटरी विपिन र युवा संगठन नेपालका अध्यक्ष सन्तोष मगर लगायतको उपस्थितिमा गाउँपालिका कार्यालयको प्रवेशद्धारमा ब्यानर समेत टाँसिएको छ । ब्यानरमा राष्ट्रघाती ए...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इच्छाकामनाको अध्यक्षमा सोनाम हुसेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इच्छाकामनाको अध्यक्षमा सोनाम हुसेन
कुरिनटार : इच्छाकामनामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन विस्तार गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्षमा रविना खड्का चयन भएको छ । यस्तै सदस्यहरुमा विवेक गुरुङ, सन्तबहादुर तामाङ, शिव मगर, रुपेश गुरुङ चयन भएको छ । राप्रपा केन्द्रीय सहमहामन्त्री रिना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न का...

विश्वकप छनोट : नेपालद्वारा फिलिपिन्स १३६ रनले पराजित

विश्वकप छनोट :   नेपालद्वारा  फिलिपिन्स १३६ रनले  पराजित
काठमाडौं : नेपालले टि–२० विश्वकप छनोट अन्तरगत आज भएको खेलमा फिलिपिन्सलाई हराएको छ । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो। जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ। नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो। यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन...

इच्छाकामनाका १५० विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण।

इच्छाकामनाका १५० विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण।
इच्छाकामना गाउँपालिकाको दुई विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत १५० जना विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको छ। इच्छाकामना गाउँपालिका -३ निवासी समाजसेवी प्रमोद पोखरेल र कृष्ण श्रेष्ठको संयाेजन साथै लायन्स क्लब अफ काठमाडौं क्यापिटलकाे सहयोगमा सर्व शान्तिमावि कुरिनटारमा १ देखि ५ सम्मका १२० जना विद्यार्थीहरूलाई र त्रिबेणि बराह मावि मुग्लिङ्गमा अध्यनरत ३० जना विद्यार्थी लाइ झोला सहित शैक्षिक सामाग्री वितरण गरियको थि...

मन्त्री दाहालद्वारा इच्छाकामनाको पार्टी कार्यालयको उद्घाटन, जसपाका नेता पोखरेल माओवादी केन्द्रमा प्रवेश

मन्त्री दाहालद्वारा  इच्छाकामनाको पार्टी कार्यालयको उद्घाटन, जसपाका नेता  पोखरेल  माओवादी केन्द्रमा प्रवेश
कुरिनटार: नेकपा माओवादी केन्द्र इच्छाकामनाको पार्टी कार्याल उद्घाटन गरिएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले कुरिनटारमा एक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङ,सावित्री सिलवाल लगायतको आतिथ्य रहेका थिए । साथै उक्त कार्यक्रममा जसपा नेता प्रकाश पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई मन्त्री दाहालले अविर र खदा ओढाएर पार्टीमा स्वागत गर्नुभएको...

आज संसदमा एमसीसी टेबल नगर्ने गठबन्धनको निर्णय, प्रधानमन्त्री देउवा जुटे आन्तरिक छलफलमा

आज संसदमा एमसीसी टेबल नगर्ने  गठबन्धनको निर्णय,   प्रधानमन्त्री देउवा जुटे आन्तरिक छलफलमा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार बिहान एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतलाई बालुवाटार बोलाएर छलफलमा जुटेका हुन् । आज बसेको सत...

दलाल नेतृत्व र ‘एमसीसी’को तरबार

दलाल नेतृत्व र ‘एमसीसी’को तरबार
दीपेन्द्र पाण्डे दोस्रो पटक चुनिएको संविधानसभाले संविधान जारी गर्ने तयारी गर्दै थियो । भारतीय प्रधानमन्त्री मोदीको दूत बनेर एस. जय शङ्कर नेपाल ओर्लिए । उनले शीर्ष नेतृत्वसँग संविधानको बारेमा जिज्ञासा राख्दै तीन दिन समय माग गरे । तत्कालीन समयमा संविधानसभाभित्र निर्णायक उपस्थितिमा रहेका दलहरूले ‘विनम्रतापूर्वक’ भारतलाई समय दिन नसक्ने बताएसँगै शीर्ष नेतृत्वलाई बेडसम्म पुगेर थर्काए । १२ अक्टोबर २०१९ मा चिनियाँ राष्ट्रपति सी दुईदिने नेपाल भ्रमण गर्न काठमाडौं ओर्लिए । १३ तारिखको द...

चितवनमा नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु

चितवनमा नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु
चितवन : नशा तथा हाडजोर्नी रोग विशेषज्ञहरुको २७औं राष्ट्रिय सम्मेलन आजबाट चितवनमा सुरु भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा शाखा चितवनको सयुंक्त आयोजनामा भरतपुरको चितवन गार्डेन रिर्सोट प्रा लि मा संचालन भएको हो । सम्मेलन फागु न पाँच र छ गते गरी दुई दिन सञ्चालन हुनेछ । पहिलो दिनको उद्घाटन सत्रमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा रविन्द्र लाल प्रधानले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुभारम्भ गरेका हुन । सम्मेलनमा देशैभर बाट करिब १००जना अर्थोपेडिक वि...