ग्याल्पो ल्होसारको शुभकामना दिदैँ प्रधानमन्त्री देउवाले भने– अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् ।
शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु(फो(ताक्लोको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेको बताएका हुन् ।
नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलु...









