काठमाडौं,११फागुन । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्। उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् । लामाले दर्जनौँ चलचित्र तथा टेलीश्रृङ्खलाहरुमा अभिनय गरेका छन् ।