
कुरिनटार: नेकपा माओवादी केन्द्र इच्छाकामनाको पार्टी कार्याल उद्घाटन गरिएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले कुरिनटारमा एक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङ,सावित्री सिलवाल लगायतको आतिथ्य रहेका थिए ।
साथै उक्त कार्यक्रममा जसपा नेता प्रकाश पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई मन्त्री दाहालले अविर र खदा ओढाएर पार्टीमा स्वागत गर्नुभएको हो । पूर्व माओवादी केन्द्रकै नेता रहेका पोखरेलाई उचित जिम्मेवारी दिइने माओवादी केन्द्रले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकै गर्दा माओवादी केन्द्र छाडेर अन्य पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरु फर्किने क्रम बढेको छ । यस अघि केही दिन अघि मुग्लिनका रामशरण सिलवाल पनि माओवादी केन्द्रमै फर्किसक्नुभएको छ ।
नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि थापाको अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।