कुरिनटार : चितवनको इच्छाकामना २ मा एक घर एक धारा अभियानको शिलान्यास गरिएको छ। उक्त वडाका वडाका करिव १५० घरमा यो योजना लागू हुने गरि गाउँपालिका अध्यष गीता कुमारी गुरुङले शिलान्यास गर्नुभएको हो । वडा नम्वर २ को थापाथली, कोखथलीको फालगाउँ र हपनीमा आयोजनाको एकैदिन शिलान्यास गरिएको हो ।

थापाथलीको ३८ घर, फालगाउँका ५० र हपनीका ६२ घरधुरी गरी कुल १५० घरधुरीका करिव १ हजार बढी जनता यसबाट लाभान्वित हुने छन् ।

गाउँपालिका र नेपाल ग्रामीण पुननिर्माण संस्थाको संयुक्त लगानीमा थापाथलीमा चालीस लाखको , फालगाउँमा १३ लाख ५७ हजार २२७ र हपनीमा चालीस लाख ७१ हजारको लागतमा खानेपानी आयोजना निर्माण हुनेछ ।