Banner News

आज तराईमा होली मनाइँदै

आज तराईमा होली मनाइँदै
काठमाडौं : आज रंगहरुको पर्व होली अर्थात् फागु पर्व तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हि...

आज देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा सामान्य तय मौसम सफा रहने

आज  देशका पहाडी भू–भागमा आंशिक बदली र  अन्य भू–भागमा  सामान्य तय मौसम सफा रहने
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन ।आज देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज शुक्रबार यस्तो छ तपाइको राशिफल

आज शुक्रबार यस्तो  छ तपाइको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामा...

काङ्ग्रेस सभापतिले मनाए चेपाङसग होलि

काङ्ग्रेस सभापतिले मनाए चेपाङसग होलि
भरतपुर चैत ०३ नेपाली काङ्ग्रेस चितवनका सभापति राजेस्वर खनालले यश पटकको होलि सिद्धिका चेपाङ समुदाय सग मनाएका छन । आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो इच्छा बल्ल आज पूरा भएको छ खनालले भने,दुखी गरिब सग चाडपर्व मनाउन पाउँदा म ज्यादै खुशी छु । यसैबीच कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔँ अभियान अन्तरगत कालिका नगरपालिकाको वडा नं ११ मा दुई सय ३५ जना कांग्रेसमा प्रबेश गरेका छन । आज भएको वडा भेला...

उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने
काठमाडौं : निर्वाचनमा उम्मेदवार बन्न स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो । ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त सं...

होली खेल्ने क्रममा घरबाट खसेर गम्भीर घाइते

होली खेल्ने क्रममा   घरबाट खसेर   गम्भीर घाइते
काठमाडौं : काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामचन्द्र अधिकारी

माओवादी केन्द्र चितवनको  इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामचन्द्र अधिकारी
चितवन : माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा ९माओवादी केन्द्र० को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्वविय...

स्वास्थ्यका मापदण्ड पालना गर्दै होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह

स्वास्थ्यका मापदण्ड पालना गर्दै   होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । फागु पूर्णिमा ९होली० को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइ नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृत...

मुग्लिन– पोखरा सडक विस्तार : ५८ सय रुख काटियो

मुग्लिन– पोखरा   सडक विस्तार :  ५८ सय रुख काटियो
तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ । ​आँबुखैरेनीदेखी पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँ र कास्कीमा गरेर ५ हजार ८५१ रुख कटान भइसकेको छ । तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्नेछ । जसमध्ये तनहुँम...

आज फागू पूर्णिमा अर्थात् होली, हिमाली र पहाडी क्षेत्रमा रङ खेलेर मनाइदैँ

आज फागू पूर्णिमा अर्थात् होली,  हिमाली र पहाडी क्षेत्रमा रङ खेलेर मनाइदैँ
काठमाडौं : आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्न...