Banner News

मौसम : आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

मौसम : आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहने छ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बद...

चितवनका युवा नेता कैलाश कोइराला कांग्रेस वागमती प्रदेश कार्यसमिति सदस्यमा मनोनित

चितवनका  युवा नेता कैलाश कोइराला   कांग्रेस  वागमती प्रदेश  कार्यसमिति सदस्यमा मनोनित
चितवन : नेपाली कांग्रेस चितवनका प्रभावशाली यूवा नेता चितवनका निवर्तमान उपसभापति कैलाश कोइराला वागमती प्रदेश कार्यसमिति सदस्यमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेस वागमती प्रदेश कार्य समितिका सभापति इन्द्र बानियाँले उहाँलाई प्रदेश कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको हो ।

म्यादी प्रहरीमा आजदेखि दरखास्त दिन पाइने

म्यादी प्रहरीमा  आजदेखि दरखास्त दिन पाइने
काठमाडौं : म्यादी प्रहरीका लागि आजदेखि आवेदन दिन पाउने भएका छन्। स्थानीय तह निर्वाचनका लागि भर्ना आह्वान गरिएका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आजदेखि आवेदन दिन पाइने भएको हो। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयम...

मौसम : पहाडी भेगका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना

मौसम : पहाडी भेगका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं : आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ। हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

इच्छाकामनामा कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश

इच्छाकामनामा कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश
कुरिनटार,५ चैत । इच्छाकामनामा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडा सदस्य मनमाया विक सहित कांग्रेसका उत्तम गुरुङ (राजा),रमेश मगर, माया गुरुङ, देउ कुमारी विक र रीमा विक माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एक कार्यक्रमकाबिच खदा र टिका लगाएर बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उनिहरुलाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश ...

चितवनमा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन हुने,बोलपत्र आव्हानको प्रक्रिया सुरु

चितवनमा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन हुने,बोलपत्र आव्हानको प्रक्रिया सुरु
चितवन : नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन रहँदै सरकारले अरु दुई सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने भएको छ। चितवन र इलामका लागि योजना अघि सारेको हो। पहाड खोतलेर बनाइने सुरुङमार्गले यात्राको दुरी घटाउने भएकाले काठमाडौं-धादिङ र बुटवल-पाल्पाको सिद्धबाबा जसरी नै चितवन र इलामका लागि पनि आयोजना अघि बढाउने तयारी सडक विभागको छ। सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरेको छ। विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले शुक्रबार सूचना जारी गर्...

फिनल्याण्ड विश्वकै खुसी देश, नेपाल ८५औं स्थानमा

फिनल्याण्ड  विश्वकै खुसी देश, नेपाल ८५औं स्थानमा
काठमाडोँ : फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध ...

गुरु लीलानाथ रेग्मीलाई …….संस्मरण

गुरु लीलानाथ रेग्मीलाई …….संस्मरण
तेजविलास प्रसङ्ग – १ लीलानाथ रेग्मी सरसँगै हाम्रो भेगको साहित्य पुनः जागरणलाई एकचोटि सम्झन चाहन्छु । श्री सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा पढाउन आउनु हुने थुप्रै गुरुहरुमध्ये एक असल गुरुको सम्झनाले मलाई पटक–पटक सम्झाइरहन्छ मेरो भेगको भाषा, साहित्य र संस्कृतितर्फको यात्रा । अघिल्लो शताब्दीमा ज्यो.पं. हरिलाल शर्मा पोखरेलले गर्नुभएको योगदानको खोजी आजसम्म हाम्रो पुस्ताले गहन ढङ्गले र खोतल्न सकेको छैन । त्यसैको जगमा कवि काका कृष्णप्रसाद पोखरेलले हाम्रो बाल्यकालमै हामीमा ल...

गोरखा मझुवा देउरालीदेखि मनकामना तर्फको ११ केभिको नयाँ विद्युत लाईन भोली चैत ५ गतेदेखि सञ्चालन हुने बारे सुचना

गोरखा  मझुवा देउरालीदेखि  मनकामना तर्फको  ११ केभिको  नयाँ विद्युत लाईन भोली  चैत ५ गतेदेखि सञ्चालन हुने बारे सुचना
२०७८ चैत ५ गते भोली (शनिबार)देखि गोरखा मझुवा देउरालीबाट मनकामना तर्फ ११ केभिको नयाँ विद्युत लाइन सञ्चालन हुन गइरहेकोले गोरखाको ३ किलो देखि वनौती तर्फको नयाँ लाइनमा विस्तार भएका पोल, तार ,स्टे वयार नछुनहुन सम्पूर्ण महानुभावहरुमा अनुरोध गरिन्छ । नेपाल विद्युत प्राविधिकरण गोरखा वितरण केन्द्र गोरखा

एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्- निर्वाचन आयोगले कानुन उल्लंघन गर्‍यो

एमाले  उपमहासचिव विष्णु रिमाल भन्छन्- निर्वाचन आयोगले कानुन उल्लंघन गर्‍यो
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने शर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै प्रश्नसमेत गरेका छन्। उनले लेखेका छन्, प्रधानमन्त्रीले...