
काठमाडौं : मौसम पुर्वानुमान महाशाखका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भ–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बिहीबार देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रवार पनि देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ लगायत देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।