बोष्टन-  कामको शिलशिलामा दुर्घटनामा परि अमेरिकाको बोष्टनमा एक नेपाली युवाको निधन भएको छ।

चितवनको चुम्लिङटार स्थायी घरभएका हाल म्यासाच्युसेटस राज्यको बोस्टनमा बस्ने नेपाली युवा  ३६ वर्षिय दीपक नेपालको काम गर्ने ठाँउमा १२ ‌औं तलाबाट खसेर निधन भएको जनाइएको छ ।

ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार बुधवार दिउसो साढे एक बजे तिर घटना भएको हो । कार्कीका अनुसार दीपकले क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्दथे।

“कामको शिलशिलमा १२ औ तलाबाट खसेको भनिएको छ तर के भएर खसे भन्ने पूर्ण विरण आइसकेको छैन प्रहरीले अनुसन्धान गर्दै गरेको भनेको छ।” कार्किले भने ।”प्रहरीको रिपोर्ट नआए सम्म घटना के भएर भएको हो भन्न सकिने अवस्था छैन, अझै पुलिसले केही बताएको छैन।”

२०१२ मा अमेरिका गएका दीपकको श्रीमती तथा पाँच र दुई वर्षका गरि दुई छोरि छन्। दीपकका आमा बुबा पनि बोस्टनमा सँगै बस्दै आएका छन् ।

चितवन कुरिनघाट घर भइ हाल बोस्टनमै बस्ने मृतक दीपकका छिमेकी तथा नातेदार समेत रहेका ग्रेटर बोस्टन नेपाली कम्युनिटिका पूर्व अध्यक्ष ध्रुव घिमिरेले परिवारमा एक्कासी विपत्ति आएको भन्दै दुख मनाउ गरे । “हामी नेपालमा पनि र अमेरिकामा पनि छिमेकी हौ, दुई साना नानीहरु छन् परिवारमा संहालिनै गाह्रो भएको छ।” घिमिरेले भने, “आज सम्म रिपोर्ट आएमा आइतवार वा सोमवार अन्यन्टि गर्ने तयारी गरिएको छ।”

अनुसन्धान जारी नै रहेकोले दीपकको शव प्रहरीले परिवारको जिम्मा लगाएको छैन।

यसै बीच एनआरएनए अमेरिका म्यासाच्युसेटस च्याप्टरले दीपकको निधनमा दुख व्यक्त गरेको छ। “बोस्टन म्यासाच्युसेटस निवासी अत्यन्तै मिलनसार व्यक्ति, एनआरएनए अमेरिकाका साधारण सदस्य श्री दीपक नेपाल को हिजो अप्रिल २० मा  दुर्घटना मा परी असामयिक रुपमा निधन हुन गएको ले सम्पूर्ण शोकाकुल परिवार मा हार्दिक समवेदना प्रकट गर्दै मृतक प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ।”  एनआरएनएले आफ्नो पेजमा लेखेको छ। source Nepal times