कुरिनटार, १८ जेठ। चितवनको इच्छाकामना ४ लेवाटार नजिकै सवारी साधनको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते र सवारी साधन दुबैको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
अहिले राजमार्गमा सवारी रोकेर ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विहान ४ बजे प्रहरीले खबर पाउनसाथ प्रहरीचौकी कुरिनटारले घाइतेको उद्धार गरि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनएको छ । अहिले इच्छाकामना ३ फिश्लिङ नजिक सबै सवारीसाधनलाई रोकेर ठक्कर दिने गाडिको खोजी गरि रहेको छ। एक साइडको सम्पुर्ण गाडी रोकेर राख्दा अहिले सडक अस्तब्यस्तको अबस्थामा छ भने सवारी जाम ३/४ किलोमीटर पुगिसकेको छ।