चितवन : बागमती प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागीका अवसरमा बुधबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदाय बाहुल्य जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउने गर्दछन् ।