Banner News

बेनीघाट रोराङको ताकथली स्थित जंगबहादुर चेपाङको घरमा आगलागी

बेनीघाट रोराङको ताकथली स्थित जंगबहादुर चेपाङको घरमा आगलागी
धादिङ  :  धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताकथली निवासी जंगबहादुर चेपाङको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेका छन् ।आगलागीबाट घरमा रहेको मकै, चामल, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ताकपडा सम्पुर्ण जलेर नष्ट भएको स्थानीय शिक्षक नबिन्द्र चेपाङले जानकारी दिनुभयो । बच्चाहरुले मकैको खोष्टामा आगो सल्काउदाँ आगलागी भएको बताईएको छ ।

शिक्षक भविश्वर गुरुङलाई शिक्षक सेवा आयोगले गरेको कारबाही कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

शिक्षक भविश्वर गुरुङलाई शिक्षक सेवा आयोगले गरेको कारबाही कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
चितवन :  शिक्षक भविश्वर गुरुङलाई दुई बर्ष सम्म कुनै पनि शिक्षक सेवा आयोगको परिक्षामा सहभागी हुन नपाउने भनि गरेको कारबाहीलाई  कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । शिक्षक सेवा आयोगको निर्णय विचाराधिन देखिएको भन्दै कार्यान्वयन नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो । उच्च अदालत पाटनको  आदेश शिक्षक सेवा आयोगले माध्यमिक तहको अंग्रेजी विषयको सामान्य परिक्षामा फेल भए पनि शिक्षक गुरुङ लिखित परिक्षामा सहभागी भएको भन्दै दुई बर्ष सम्म शिक्षक सेवा आयोगको कुनै...

पहिरोका कारण अवरुद्ध नारायाणगढ -मुग्लिन सडक दुइतर्फी सुचारु

पहिरोका कारण अवरुद्ध नारायाणगढ -मुग्लिन सडक दुइतर्फी सुचारु
चितवन :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । गएराती १२ बजे भरतपुर २९ स्थित अठार किलोमा बर्षाका कारण लेदोसहितको पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पञ्छाई अहिले विहान ६ बजेबाट दुईतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भर

इच्छाकामनाकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

इच्छाकामनाकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनकी सुप्रिका गुरुङले ‘तेस्रो माउण्ट एभरेष्ट खुला तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्णपदक जित्न सफल भएकी छिन्। विहीबार पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा भएको महिला ६७ केजी माथिको प्रतिस्पर्धाको उपाधि भिडन्तमा सुप्रिकाले भारतीय खेलाडी रियल आलुवालियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। असोज ६ गते देखि ९ सम्म चल्ने च्याम्पियनसिपको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्। उद्घाट...

एक हप्ताभित्र अनाधिकृत रुपमा राखिएको होर्डिङ्ग बोर्ड नहटाए इच्छाकामना गाउँपालिका आफैले हटाई जरिवाना लिने

एक हप्ताभित्र अनाधिकृत रुपमा राखिएको होर्डिङ्ग बोर्ड नहटाए इच्छाकामना गाउँपालिका आफैले हटाई जरिवाना लिने
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले अनुमति विना अनाधिकृत रुपमा राखिएका होडिङ्ग बोर्डहरु हटाउने भएको छ । मौवाखोलादेखि रिग्दीखोला पुल सम्मका क्षेत्रहरुमा गाउँपालिकाको अनुमति विना अनाधिकृत राखिएका होर्डिङ बोर्डहरु हटाउने भएका हुन् । गाउँपालिकाले सुचना जारी गर्दै एक हप्ताभित्र होर्डिङ्ग हटाउन सुचना समेत जारी गरेको छ । त्यस्ता होर्डिङ्ग बोर्डहरु नहटाए गाउँपालिकाले जरिवाना समेत गराई आफै हटाउने जनाएको छ ।

भण्डारा प्रहरीद्वारा तीन सय किलो लागुऔषध गाँजासहित ट्रक बरामद

भण्डारा प्रहरीद्वारा तीन सय किलो लागुऔषध गाँजासहित ट्रक बरामद
चितवन   : चितवनमा तीन सय (३००)किलो लागुऔषध गाँजासहित ट्रक बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका ५ भण्डारा चोक स्थित ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ गई रहेको  UP78BT 8570  नम्बरको ईन्डियन डिब्बा ट्रकमा गाँजा ३०० किलो बरामद गरेका हुन् । ट्रकका चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ट्रक र गाँजा ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।

आज राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै

आज राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै
काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेश...

चितवनको इच्छाकामना गाउँपालिकाद्वारा गर्भवती महिलाहरुलाई नि : शुल्क भिडियो एक्सरे सेवा

चितवनको इच्छाकामना गाउँपालिकाद्वारा  गर्भवती महिलाहरुलाई   नि : शुल्क भिडियो एक्सरे सेवा
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाको नि : शुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरेका छन् । गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थाहरु मार्फत गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे (घुम्ती) ग्रामिण अल्ट्रा साण्ड कार्यक्रम सञ्चालन गरेका हुन् । आज वडा नम्बर १ का ३२ जना गर्भवती महिलाहरुले निशुल्क भिडियो एक्सरे सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताउनुभयो । काउले स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा प्रदान गरेको हुन् । ...

डा.केसीको श्वासप्रश्वासमा समस्या,शिक्षण अस्पालमा राखेर उपचार

डा.केसीको श्वासप्रश्वासमा समस्या,शिक्षण अस्पालमा राखेर उपचार
  , काठमाडौं । डा . गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ । स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएकोहो। यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा। केसी ११ दिनदेखि अनशनमा छन् । डा। केसीको रक्तचापमा केही परिवर्तनका साथै मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् । धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा हिजो काठमा...

मकवानपुर बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

मकवानपुर   बस  दुर्घटना अपडेट :  मृत्यु हुनेको संख्या ७ पुग्यो
हेटौंडा :  मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ७ पुगेको छ।६ जनाको घटना स्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए। दुर्घटनामा २४ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ ख ७८५८ नम्वरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो। ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड...