कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले अनुमति विना अनाधिकृत रुपमा राखिएका होडिङ्ग बोर्डहरु हटाउने भएको छ । मौवाखोलादेखि रिग्दीखोला पुल सम्मका क्षेत्रहरुमा गाउँपालिकाको अनुमति विना अनाधिकृत राखिएका होर्डिङ बोर्डहरु हटाउने भएका हुन् । गाउँपालिकाले सुचना जारी गर्दै एक हप्ताभित्र होर्डिङ्ग हटाउन सुचना समेत जारी गरेको छ । त्यस्ता होर्डिङ्ग बोर्डहरु नहटाए गाउँपालिकाले जरिवाना समेत गराई आफै हटाउने जनाएको छ ।

इच्छाखबर संवाददाता












