Banner News

जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गयो

जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गयो
सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थ...

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने
गोरखा :  गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरे । मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिए । उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तल्ल...

बडादशैँको दोस्रो दिन आज, ब्रह्मचारिणीको आराधना गरिदै

बडादशैँको दोस्रो दिन आज,  ब्रह्मचारिणीको आराधना गरिदै
काठमाडौ :  बडादशैँको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग...

सहकारीलाई उत्पादनसग जोड्नुपर्छ : उपप्रमुख अधिकारी

सहकारीलाई उत्पादनसग जोड्नुपर्छ  : उपप्रमुख अधिकारी
आशिष अधिकारी चितवन :  भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले सहकारीलाई उत्पादन सग जोड्न आग्रह गर्नु भएको छ । चितवन सहकारीको उर्बर भुमि हो नगर उप प्रमुख अधिकारीले भन्नू भयो,अब सहकारीहरु उत्पादन मुखी हुन आबश्यक छ । भरतपुर २१ पार्बतिपुरमा रहेको प्रेरणा बचत तथा ऋण सहकारी सस्थाको १२ औ बार्षिक साधारणसभालाई उद्वघाटन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले यस्तो धारणा व्यक्त गर्नु भएको हो । कृषि या पशुपालन क्षेत्रमा सहकारीले आफुलाइ स्थापित गराउन जरुरी छ उहाँले भन्नू भयो, ...

अटेर गरेपछि इच्छाकामना गाउँपालिका आफैले हटाए राजमार्गका होर्डिङ्ग बोर्ड

अटेर गरेपछि इच्छाकामना गाउँपालिका आफैले हटाए  राजमार्गका होर्डिङ्ग बोर्ड
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले आजदेखि राजमार्ग क्षेत्रमा रहेका होर्डिङ्ग बोर्ड हटाउन सुरु गरेका छन् । गाउँपालिकाको अनुमतीविना अनाधिकृत रुपमा राखिएका र सम्झौता म्याद सकिएका होर्डिङ्ग बोर्डहरु हटाउन सुरु गरेका हुन् । एक हप्ताभित्र हटाउन आग्रह गर्दै सुचना प्रकाशित गरे पनि होर्डिङ्ग बोर्ड नहटाएपछि गाउँपालिका आफैले हटाउन सुरु गरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङ आफै फिल्डमा पुगेर होर्डिङ बोर्ड हटाउने कार्य सुरु गर्नुभएको हो । मौव...

बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई राहत प्रदान

बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई  राहत प्रदान
धादिङ  :  बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले वडा नम्बर १० का आगलागी पिडित जंगबहादुर चेपाङलाई आपतकालिन राहात स्वरुप नगद १५ हजार प्रदान गरेका छन् । शनिबार दिउँसो जंगबहादुरको घरमा आगलागी हुँदा घरमा रहेको मकै, चामल लगायतका खाद्यान्न, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ता कपडा पूर्ण रुपमा जलेर नस्ट भएको थियो । विपतमा स्थानीय सरकार हरेक नागरिकको साथमा रहेको बताउँदै पालिका अध्यक्ष विवेकले न आत्तिन आग्रह ...

आजदेखि बडादसैँ सुरु , घटस्थापनाको साइत बिहान १० : २३ बजे

आजदेखि बडादसैँ सुरु , घटस्थापनाको साइत बिहान १० : २३ बजे
  काठमाडौं,१० असोज । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ(आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।   यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।...

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने
  काठमाडौं :  निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आज आचारसंहितामा दलहरुको प्रति...

गोरखाको गण्डकी गाउँपालिकामा गोलभेँडामा भाइरस लाखौंको क्षती किसान मर्कामा।

गोरखाको गण्डकी गाउँपालिकामा गोलभेँडामा भाइरस लाखौंको क्षती किसान मर्कामा।
रविकिरण रेग्मी                                                          घ्याल्चोक - अघिल्ला बर्षहरु यहि समयमा गोलभेँडा पाकेर रातामै हुन्थे गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ स्थित इर्लुङ र स्वाँराका बारिहरुमा, किसानलाई घरमा भेटन मुस्किल हुन्थ्यो, २ दिन बिराई एक घरले करिब ३० हजार आम्दानी गर्थे तर यो बर्ष भन्ने इर्लुङ र स्वाँराका किसानले लगाएको गोलभेँडामा भाइरसले क्षती पुर्‍याएको छ, अधिकांश बारिहरु बाँझो रहेका छन । किसानले १८० रोपनीजग्गामा लगाएको गोलभेँडा र सिमिमा भाइरसले पुर्ण...

आँबुखैरेनीको ‘आँधीमूल’ मन्दिर पर्यटकीय आकर्षणस्थल बन्दै

आँबुखैरेनीको ‘आँधीमूल’ मन्दिर पर्यटकीय आकर्षणस्थल बन्दै
तनहुँ  :  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा अवस्थित छ, आँधीमूल मन्दिर । प्यागोडाशैलीको मन्दिर, उद्यान, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायतका संरचना पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेका छन् । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकाले गाउँपालिकाले यस क्षेत्रको विकासमा प्राथमिकता दिएर काम गर्दै आएको छ । गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको वडाध्यक्ष प्रेमबहादुर गुरुङ बताउनुहुन्छ । आँधीमूलमा दर्शन तथा भाकल...