कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले आजदेखि राजमार्ग क्षेत्रमा रहेका होर्डिङ्ग बोर्ड हटाउन सुरु गरेका छन् । गाउँपालिकाको अनुमतीविना अनाधिकृत रुपमा राखिएका र सम्झौता म्याद सकिएका होर्डिङ्ग बोर्डहरु हटाउन सुरु गरेका हुन् ।
एक हप्ताभित्र हटाउन आग्रह गर्दै सुचना प्रकाशित गरे पनि होर्डिङ्ग बोर्ड नहटाएपछि गाउँपालिका आफैले हटाउन सुरु गरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङ आफै फिल्डमा पुगेर होर्डिङ बोर्ड हटाउने कार्य सुरु गर्नुभएको हो ।


मौवाखोलादेखि रिग्दिखोला सम्मका होर्डिङ्ग बोर्डहरु हटाउने अध्यक्ष गुरुङले बताउनुभयो । आज पहिलो दिन अध्यक्ष दान बहादुर गुरुङसहित गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेती, ५ का वडाध्यक्ष तेज बहादुर शेरचन समेत फिल्डमै पुगेर होर्डिङ्ग बोर्ड हटाउन सुरु गरेका हुन् ।