Banner News

सोना र बिकास आलेद्धारा इच्छाकामना मन्दिर निर्माणका लागि १ लाख ११ हजार१११ रुपैयाँ सहयोग

सोना र बिकास आलेद्धारा इच्छाकामना मन्दिर निर्माणका लागि  १ लाख ११ हजार१११ रुपैयाँ सहयोग
कुरिनटार  :  व्यवसायी सोना आले र बिकास आलेले निर्माणाधिन इच्छाकामना मन्दिर निर्माणका लागी नगद रु ११,१,१११( एक लाख एघार हजार एक सय एघार) सहयोग गर्नुभएको छ । मन्दिरमै पुगेर मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोरालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । चितवनको इच्छाकामना ४ कुरिनटार निवासी सोना आले सफल युवा व्यवसायी हुनुहुन्छ । साथै सोही अवसरमा माछापुच्छ्रे वैंक कुरिनटार शाखाका प्रमुख किशोर थापाले पनि रु ५,५५५ (पाँच हजार पाँच सय पचपन्न) सहयोग गर्नुभएको थियो ।

रहेनन् संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशी

रहेनन् संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशी
काठमाडौँ :  संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो । अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा हिमलाल अधिकारी ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा हिमलाल अधिकारी ।
कुरिनटार- माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन इछाकामना गाउँपालिका समिती दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ।                                                                                              इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको सर्वशान्ति  मा.वि. मा एकिकृत अखिल नेपाल  शिक्षक सङ्गठन इच्छाकामना इकाइका अध्यक्ष ईश्वर नेपालको अध्यक्षता र केन्द्रीय सदस्य रणेन्द्र बरालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दोश्रो अधिवेशन  बाट शिक्षक हिमलाल अधिकारीको अध्यक्...

दोश्रो मकैसिङकप फुटबलको उपाधी चुम्लिङटारलाई।

दोश्रो मकैसिङकप फुटबलको उपाधी  चुम्लिङटारलाई।
गोर्खाको गण्डकी गाउँपालिका १ मकैसिङमा सम्पन्न दोश्रो मकैसिङ कप फुटबल प्रतियोगिताको उपाधी चितवनको इच्छाकामना गाउँपालिका स्थित चुम्लिङटार फुटबल क्लबले हात पारेको छ।                                                                                           गत १९ गते देखि मकैसिङ स्थित टुडिखेल खेल मैदानमा चलेको नकआउट प्रतियोगितामा मुख्य दाबेदार बिदेशी खेलाडी सम्मीलित मंंगोलियन फुटबल क्लब काठमाडौलाई २-० ले पराजित गर्दै चुम्लिङ्टारले उपाधिहात पारेको हो। मंगोलियन क्लबका अग्ला र बलियो...

आज कोजाग्रत पूर्णिमा,महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै

आज कोजाग्रत पूर्णिमा,महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
काठमाडौं  : आज आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन...

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता
काठमाडौं  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले...

चितवन क्षेत्र नम्बर २ क बाट मन्त्री दाहालले पाए टिकट

चितवन क्षेत्र नम्बर २ क बाट मन्त्री दाहालले पाए टिकट
चितवन :  वागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पुन :  प्रदेशसभा चितवन क्षेत्र नम्बर २ क बाट चुनाव लड्ने भएको छ । नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा चितवन क्षेत्र नं.२ (क) बाटै मन्त्री दाहाललाई उठाउने निर्णय गरेको हो । जिल्लाको बैठकबाट सिफारिस भएका दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।  

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने
गोरखा  :  नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएको छ। नेकपा माओवादी केन्द्रले उनलाई क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । २०६४ सालमा रोल्पा–२ र क...

नेकपा एमालेबाट चितवन क्षेत्र नं २ प्रदेश सभा ‘क’मा इच्छाकामनाका कृष्ण सिलवालले पाए टिकट

नेकपा एमालेबाट चितवन क्षेत्र नं २ प्रदेश सभा ‘क’मा इच्छाकामनाका कृष्ण सिलवालले पाए टिकट
चितवन :  नेकपा एमालेले चितवन क्षेत्र नं २ ‘क’ मा इच्छाकामनाका कृष्ण सिलवाललाई टिक दिएको छ । पूर्व दारेचोक गाविसका अध्यक्षत समेत रहेका सिलवाल हाल नेकपा एमालेका इच्छाकामनाका गाउँ कमिटी अध्यक्ष हुन् । यसैबिच २ ख मा केन्द्रिय सदस्य देवी ज्ञवालीलाई टिकट दिएको छ । इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकोले जित सुनिश्चित हुने नेकपा एमालेले दाबी गर्दै आएका छन् । यस क्षेत्रबाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले लगातार दुई पटक चुनाव जितिसकेका छन् । पोखर...

आज र भोलीको मौसम ?

आज र भोलीको मौसम  ?
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थान...