चितवन : नेकपा एमालेले चितवन क्षेत्र नं २ ‘क’ मा इच्छाकामनाका कृष्ण सिलवाललाई टिक दिएको छ । पूर्व दारेचोक गाविसका अध्यक्षत समेत रहेका सिलवाल हाल नेकपा एमालेका इच्छाकामनाका गाउँ कमिटी अध्यक्ष हुन् । यसैबिच २ ख मा केन्द्रिय सदस्य देवी ज्ञवालीलाई टिकट दिएको छ ।
इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकोले जित सुनिश्चित हुने नेकपा एमालेले दाबी गर्दै आएका छन् । यस क्षेत्रबाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले लगातार दुई पटक चुनाव जितिसकेका छन् । पोखरेल २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं २ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. २ बाट नै निर्वाचित भएका हुन् ।
इच्छाखबर संवाददाता












