Banner News

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

आज केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ  :  मौसम पुर्वानुमान मशाखाका अनुसार देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू– भागका थोरै स्थानहरुमा र बाँकी भू– भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। रात...

राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको संयोजकमा जित बहादुर थापा।

राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको संयोजकमा जित बहादुर थापा।
कुरिनटार-पुर्व संचारकर्मि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले इच्छाकामनामा आफ्नो संगठन बिस्तार साथै  कार्यलय स्थापना गरेको छ।                                                                                               बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाइ पेशगरेको दावीगर्ने राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिदै पार्टी सभापती  चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेपछी सोहि क्षेत्र अन्तर्गत पर्ने इच्छाकामनामा पनि सं...

तातोपानीनजिक केन्द्र विन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

तातोपानीनजिक केन्द्र विन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प
काठमाडौं :  आज दिउँसो नेपाल– चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईका अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।

इच्छाकामना गाउँपालिकाद्वारा उपभोक्ता समिति,निर्माण व्यवसायी र जनप्रनितिधिलाई अभिमुखीकरण तालिम

इच्छाकामना गाउँपालिकाद्वारा  उपभोक्ता समिति,निर्माण व्यवसायी र जनप्रनितिधिलाई अभिमुखीकरण तालिम
कुरिनटार, २ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा उपभोक्ता समिति,निर्माण व्यवसायी र जनप्रतिनिधिहरुलाई अभिुमखिकरण तालिम दिइएको छ । गाउँपालिकाले मंगलबार सर्बशान्ति माविको हलमा अभिमुखिकरण तालिम सम्पन्न गरेको हो । विकास निर्माणमा उपभोक्ता र निर्माण व्यवसायीलाई कानुनी प्रकृयामा सहज होस भन्ने उदेश्यले अभिमुखिकरण दिइएको वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताउनुभयो । उपभोक्ता समिति र निर्माण व्यवसायीहरुले कानुनी प्रकृया थाहा नहुदाँ सास्ती खेप्नु परिरहेको...

आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

आजको मौसम :   पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ  : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू– भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू९भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको एक– ...

लेवाटारको होटलमा धादिङका सुरोज मृत भेटिए

लेवाटारको होटलमा धादिङका सुरोज मृत भेटिए
कुरिनटार :  चितवनको इच्छाकामना ४ लेवाटार स्थित ओसियन होटल (नेवारी भान्सा घर) मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा काम गर्दै आएका धादिङ घर र सुरोज नाम बताउने अन्दाजी ४०/४५ बर्ष उमेरका पुरुष होटलको बाथरुममा आइतबार साँझ ५ बजे मृत अवस्थामा फेला परेका हुन् । घर समेत जाने आउने  गरिरहेका मृतक सुरोजले धादिङ घर बताउने गरेपनि पुरा नाम ठोगाना भने नदिएको होटल सञ्चालिका सुनिता श्रेष्ठले बताए । “ पाँच महिना भयो घर नगएको उनको पुरा नाम ठोगाना समेत थाहा छैन, घर धादिङ नाम सुरो...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज देशभर सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज देशभर सार्वजनिक बिदा
काठमाडौं  :  सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा आज १ कार्तिक गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।  

गठबन्धनका उम्मेद्वार श्रेष्ठ र दाहालद्वारा चुनावी अभियान तीव्र पार्दै, इच्छाकामनामा सम्पर्क कार्यालय स्थापना

गठबन्धनका उम्मेद्वार श्रेष्ठ र दाहालद्वारा चुनावी अभियान तीव्र पार्दै, इच्छाकामनामा सम्पर्क कार्यालय स्थापना
कुरिनटार,३१असोज । चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेद्वारहरुले चुनावी अभियानलाई तीव्र पारेका छन् । चुनावी अभियान अन्तरगत इच्छाकामनामा सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् । आज चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठ र क्षेत्र नम्बर २ प्रदेश क का उम्मेद्वार घनश्याम दाहालले कुरिनटारमा कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, लगायतका गठबन्धनका नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेका थिए । गठबन्...

कुरिनटारमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

कुरिनटारमा  खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न
कुरिनटार, ३१ असोज । इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले आफ्नै जीवन सम्झेर पाहुनालाई गुणस्तरी खाना खुवाउन आग्रह गर्नुभएको छ। कुरिनटार सम्पन्न खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरकृया कार्यक्रममा अनुगमन समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष सिवालले अनुगमनको क्रममा केही होटलहरुमा सरसफाईमा ध्यान नदिएको र म्याद गुज्रिएका खाद्य समाग्रीहरु भेटिएकोले आफ्नै जीवन स्वास्थ्यलाई सम्झेर सेवा गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले अनुगमनलाई निरन्तरता दिईने र अटेर गर्नेलाई का...

टोलटोलमा सक्रियता बढाउँदै उत्तम जोशी

टोलटोलमा सक्रियता बढाउँदै उत्तम  जोशी
चितवनः आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफ्नो सक्रियता बढाउनुभएको छ । सत्ता गठवन्धनका तर्फबाट क्षेत्र नम्बर २ (ख)को उम्मेदवार बन्नु भएका जोशीले निर्वाचन लक्षित कार्यक्रमहरुलाई सक्रिय वनाउनुभएको छ । संबिधानको रक्षा र सम्बृद्धिको नाराका साथ निर्वाचनको मैदानमा होमिनु भएका जोशी युवा पुस्तामा भिज्न सक्ने नेताको रुपमा हुनुहन्छ । भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य मुद्धा वनाउँदै उहाँले प्रदेश क्षेत्र स्तरीय बैठक...