Banner News

महानवमी आज , सिद्धिदात्रीको पूजा आराधना गरिदैँ

महानवमी आज , सिद्धिदात्रीको पूजा आराधना गरिदैँ
काठमाडौं : आज मंगलबार आश्विन शुक्ल नवमी। महानवमी पर्व मनाइँदैछ। महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ। अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ। नवमीमा पनि शक्तिपीठ तथा दशै...

मनकामना केबलकार दशैँमा दुई दिन बन्द हुने

मनकामना केबलकार दशैँमा दुई दिन बन्द हुने
गोरखा : प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ । नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो । आज अष्टमी भएको र भक्तजनहरु बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ । दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात असोज २० गतेबाट भने निरन्तर संचालन हुने प्रालीले जनाएको छ । मनकामना क्षेत्रका स्थानीय अध...

त्रिशुलीमा खसेर कार वेपत्ता

त्रिशुलीमा खसेर कार वेपत्ता
चितवन :  नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोबाट त्रिशुली नदीमा कार खस्दा दुई जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट झापा तर्फ जादैँ गरेको बा १०च ५४४५ नं. को कार आज विहान ७ः १० बजे आँफै अनियन्त्रित भई त्रिशुली नदिमा खस्दा कार चालक झापा दमक नगरपालिका ३ बस्ने बर्ष ५२ को लिला भट्राराई ,कारमा सवार उनकी श्रीमती बर्ष ४० की देउकला दाहाल समान्य घाइते भएका हुन् । कार त्रिशुली नदिमा बेपत्ता भएको र खोजी कार्य भइ...

चितवनमा एकैदिन ५२ जना डेँगु संक्रमित थपिए, संक्रमितको संख्या ९८१ पुग्यो

चितवनमा  एकैदिन ५२ जना डेँगु संक्रमित थपिए, संक्रमितको संख्या ९८१ पुग्यो
चितवन :  चितवनमा डेँगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन् । जसमध्ये चितवनका ४७ संक्रमित हुन् भने ठेगाना नखुलेका तीन र चितवन बाहिरका दुई संक्रमित छन् । चितवनमा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ९८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका ६५१ जना हुन् भने ठेगाना नखुलेका ११६ र अन्य जिल्लाका २१४ जना छन् । हाल सम्म ५ हजार १४४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् । चितवनक...

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार सोमबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दशैँको महाष्टमी आज , महागौरी देवीको पूजा आराधना गरिदैँ

दशैँको  महाष्टमी  आज ,  महागौरी देवीको पूजा आराधना गरिदैँ
काठमाडौं : बडादशैँको आठौ दिन अर्थात् महाष्टमी पर्व। आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। mahagमहागौरी शिवकी शक्ति हुन्। यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। आज कालरात्रि गरिँदै देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ ...

गोरखा दरबारस्थित दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती पठइयो

गोरखा दरबारस्थित दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती पठइयो
गोरखा :  गोरखा दरबारस्थित दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती ...

आज मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू– भागका एक/ दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू– भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने...

‘ज्येष्ठ नागरिकको सम्मान गर्ने परम्परा नयाँ पुस्तामा हस्तान्तरण गरौँ’ : प्रधानमन्त्री देउवा

‘ज्येष्ठ नागरिकको सम्मान गर्ने परम्परा नयाँ पुस्तामा हस्तान्तरण गरौँ’ :  प्रधानमन्त्री देउवा
काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणका लागि घरपरिवारदेखि राज्य तहसम्मका सबै संयन्त्र र संरचना सहयोगी रहनुपर्ने बताउनुभएको छ । ३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहार हुन नदिन सचेत रहनुपर्ने बताउनुभएको हो ।उहाँले उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्...