चितवनः आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफ्नो सक्रियता बढाउनुभएको छ । सत्ता गठवन्धनका तर्फबाट क्षेत्र नम्बर २ (ख)को उम्मेदवार बन्नु भएका जोशीले निर्वाचन लक्षित कार्यक्रमहरुलाई सक्रिय वनाउनुभएको छ ।
संबिधानको रक्षा र सम्बृद्धिको नाराका साथ निर्वाचनको मैदानमा होमिनु भएका जोशी युवा पुस्तामा भिज्न सक्ने नेताको रुपमा हुनुहन्छ । भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य मुद्धा वनाउँदै उहाँले प्रदेश क्षेत्र स्तरीय बैठक, छलफल र अन्तरक्रिया संगै टोल टोलमा छलफल सुरु गराउनु भएको छ ।
क्षेत्रको आयोजनामा हुने बिभिन्न कार्यक्रमहरु सहभागी हुँदै उहाँले जनताको न्यायका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । निर्वाचन लक्षीत कार्यक्रमहरुमा सहभागी हुँदै उहाँले आन्तरिक भेटघाटलाई समेत तिब्र बनाउनु भएको छ । जोशीले भन्नुभयो “अहिलेको लडाई जनताको पक्षमा हुने छ ।”
आफ्नो क्षेत्रको बिकासका लागि पदमा रहे पनि नरहे पनि काम गर्नै जोशीले बताउनुभयो । उहाँले थप्नुभयो “यवा पुस्तालाई सृजनात्मक काममा लगाउने गरि योजना बनाईने छ ।” बढ्दो बेरोजगारी समस्या समाधानका लागि आँफु निर्वाचित भए संगै प्रदेश सरकारलाई बिशेष योजना ल्याउन दबाब दिने उहाँको भनाई छ ।
निर्वाचन क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुँदै जनताको समस्याका बारेमा बुझ्ने काम भईरहेको जोशीको सचिबालयले जनाएको छ ।
निर्वाचन क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुँदै जनताको समस्याका बारेमा बुझ्ने काम भईरहेको जोशीको सचिबालयले जनाएको छ ।
इच्छाखबर संवाददाता












