इच्छाकामनामा ७ सय ८६ ले मात्र गरे स्वास्थ्य बिमा
हिरालाल गुरुङ
इच्छाकामना, १० बैशाख । इच्छाकामना गाउँपालिकामा स्थानिय तह स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । दारेचोक स्वास्थ्यचौकी इच्छाकामना ४ कुरिनटारको हलमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
बिमा वोर्ड चितवनका दर्ता अधिकारी सिर्जना कार्की र विनोद शाहले अभिमुखीकरणको सहजीकरण गरेका थिए । उनिहरुले बिमाबाट हुने सेवा र प्रकृयाबारे सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा दर्ता अधिकारी सिर्जना कार्कीले चितवनको इच्छाकामना गाउँपालिकामा सबै भन्दा कम संख...