भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने
१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ ।
‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा देखिएको छ,’ राजस्व सचिव शिशिरकुमार ढुंगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।
सरकारले भन्सार शुल्क असुल गर्ने क्रममा नै जीएसटीको विल खाज्ने भएको छ । त्यस्तै, जीएसटी बिल सक्कली हो वा होइन भनेर परिक्षण गर्न नेपाल र भारत ...