ईच्छाकामना चितवन,२९ पुस । चितवनको ईच्छाकामना ४ स्थित धारापानी, कुरिनटार, कुरिनघाट लिलिनटार र लेवाटारका ७० जना दलित बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको छ ।
नेपाली कांग्रेस निकट नेपाल दलित संघ क्षेत्रिय कार्यालय र गाउँपालिकाकाले संयुक्त रुपमा स्वीटर तथा टोपी वितरण गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा वडाअध्यक्ष होम बहादुर राना मगर, समाज सेवी तथा सहयोगी उज्वल शेरचन, नेपाली कांग्रेस दलित संघ क्षेत्रिय सभापती उत्तम परियार लगायतको आतिथ्यमा स्वीटर वितरण गरिएको हो ।