राजनीति

सरकारी तलब खायर पार्टीको झण्डा बोके जागिर चैट

कुरिनटार। राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने प्रावधान छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न भए वा राजनीतिक गतिविधिमा भाग लिए बर्खास्त गरिने’ उल्लेख छ । विदेशमा स्थायी बसोबासको अनुमतिपत्र (डीभीरपीआर) का लाग...

नेता पौडेल भन्छन् – सरकारको कामबाट जनतामा निरासा छाएको छ

चितवन, २९ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।” सरकारप्रति कडारुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग...

खानेपानी मन्त्री विना मगरले ११ महिनामा के–के गरिन् ?

काठमाडौं– खानेपानी मन्त्रालयले करिब ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ । सो मन्त्रालयलले मेलम्ची खानेपानीको ब्रेक थु्रसहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना मगरको सचिवालयले जानकारी दिएको छ । २०७४ चैत २७ गते मेलम्ची सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि समेत भनेको छ ।  मेलम्ची आयोजना राष्ट्रिय गौरवको आयोजना हो । २७ वर्षदेखि सुरु भएको मे...

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै,सरकारविरुद्ध विरोधका थप कार्यक्रम तय गर्ने

काठमाडौं, २३ माघ । सरकारविरुद्धका थप विरोधका कार्यक्रमबारे निर्णय लिन बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा सरकारी कदमको विरोधलाई कस्तो तरिकाबाट अघि बढाउने विषयमा छलफल हुने बताइएको छ। बैठकमा पार्टीको अन्य आन्तरिक विषयवस्तुमा समेत छलफल हुनेछ। पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषय पनि बैठकको एजेन्डा रहेको बताइएको छ। महासमिति बैठकबाट पारित भएको पार्टी विधान, राजनीतिक तथा...

नेविसंघले नै देखाए पोखरामा गगन थापालाई कालो झन्डा

नेविसंघले नै देखाए पोखरामा गगन थापालाई कालो झन्डा
पोखरा, २१ माघ । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् ।कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जनाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि संघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् ।

जोे कांग्रेसलाई जिस्काउन आयो, त्यो गयो : प्रवक्ता शर्मा

जोे कांग्रेसलाई जिस्काउन आयो, त्यो गयो  : प्रवक्ता शर्मा
चितवन, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई नजिस्काउन चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस चितवनले गरेको शक्ति प्रदर्शनमा बोल्दै कांग्रेस सुतीरहेको बाघ भएको र जिस्काउन खोज्नेलाई नछाड्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिस्काउन जो आयो, त्यो गयो, । अधिकांश समय सरकारको आलोचनामा समय खर्चेका कांग्रेस प्रवक्ता शर्माले सुतेको बाघलाई जिस्काउन आउनेहरुको हालत नराम्रो हुने संकेत गर्नुभयो । सभामा उहाँले तत्कालीन राजा महेन्द्रलाई...

चितवनमा भोली हुने कांग्रेसको शक्ति प्रदर्शनको तयारी पूरा

चितवनमा भोली हुने  कांग्रेसको शक्ति प्रदर्शनको तयारी पूरा
चितवन,२० माघ । सरकार विरुद्ध भोली सोमबार हुने प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको कांग्रेस चितवनले जनाएको छ । नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले देशब्यापी आन्दोलनको घोषणा गरे सँगै चितवनमा विरोध प्रदर्शनको आयोजना गरिएको हो । सरकारको कार्यशैली निरंकुश र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शनको आयोजना गरिएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । उनका अनुसार भोलि सोमबार हुने विरोधसभा अघि चौबिसकोठीबाट विरोध ¥याली निकालिन...

कांग्रेसले गर्यो अमेरीकाको समर्थन, प्रचण्ड र सरकारको विज्ञप्ति प्रति जनाए आपत्ती

कांग्रेसले गर्यो अमेरीकाको समर्थन, प्रचण्ड र सरकारको विज्ञप्ति प्रति जनाए आपत्ती
काठमाडौँ , २० माघ । नेपाली कांग्रेसले अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकारले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको निश्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेका कांग्रेसको आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेपालको विकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्ड र सरकारले अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणल...

नेकपा र राप्रपा छोडी कांग्रेस चितवनमा ३ जना प्रवेश

नेकपा र राप्रपा छोडी कांग्रेस चितवनमा ३ जना प्रवेश
भरतपुर, १९ माघ । नेपाली कांग्रेस राप्ती नगर समितिले प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले सरकारका गतिविधिले लोकतन्त्र जोखिमा पर्न थालेको आरोप लगाएका छन् । उनले कांग्रेसले सरकारका गलत कामको खबरदारी गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिक स्तरमा निराशा छाएको बताए । उनले जनताका आवाजलाई बुलन्द पार्न कांग्रेसले नेतृत्व लिने बताए ।   प्रशिक्षण कार्...

नेविसंघद्वारा चितवनमा मोटरसाईकल तोडफोड

चितवन,१९ माघ । चितवनमा आज नेपाल विद्यार्थी संघले सरकारी मोटरसाईकल तोडफोड गरेको छ ।भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजश्व कार्यालय नजिक ना १ ब २६६८ नम्बरको मोटरसाईकल नेविसंघले तोडफोड गरेको हो । अपरान्ह ४ः४० बजेको समयमा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बलभद्र भण्डारीले चलाएको मोटरसाईकल तोडफोड गरिएको हो । तोडफोड गरिएको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ । नेविसंघका नेता परमेश्वर खनालले केन्द्रीय कार्यक्रम अनुसार शनिबार सरकारी सवारी साधन चलाएको भन्दै ...