चितवन,१९ माघ । चितवनमा आज नेपाल विद्यार्थी संघले सरकारी मोटरसाईकल तोडफोड गरेको छ ।भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजश्व कार्यालय नजिक ना १ ब २६६८ नम्बरको मोटरसाईकल नेविसंघले तोडफोड गरेको हो । अपरान्ह ४ः४० बजेको समयमा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बलभद्र भण्डारीले चलाएको मोटरसाईकल तोडफोड गरिएको हो । तोडफोड गरिएको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ ।
नेविसंघका नेता परमेश्वर खनालले केन्द्रीय कार्यक्रम अनुसार शनिबार सरकारी सवारी साधन चलाएको भन्दै कारवाही गरिएको जानकारी दिए ।
नेविसंघले आज देशभर सरकारी सवारी माथि तोडफोड गरेको छ ।