राजनीति

आज माघ १९, ज्ञानेन्द्रको यस्तो थियो शाही घोषणा

काठमाडौं,  १९ माघ  । आज माघ १९ गते अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले सबै शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो । योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । आफैंले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रीपरिषद् गठनको घोषणा गरेका थिए । त्यसलगत्तै राजनीतिक अधिकार, मानवअधिक...

आँबुखैरेनीमा कार्यकर्तासंगको भेटमा वरिष्ठ नेता नेपालले भने- सरकारको कामको प्रचार हुन सकेन

आँबुखैरेनी , १३ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पु¥याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । नेता नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्...

प्रतिनिधिसभाको बैठक बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत

प्रतिनिधिसभाको बैठक बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत
काठमाडौं,११ माघ । प्रतिपक्षीको विरोधका बावुजत संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाले आज राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो । सचिवालयले यो बाहेक आजको बैठकका अन्य कार्यसूची तय गरेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सोमबार र मंगलबारको बैठकमा सभामुख कृष्णबहादुरमहराले विधेयक पारित गर्नेृ प्रक्रिया अघि बढाउन सकेका थिएनन् । मंग...

नेकपाले विधान परिमार्जन गर्ने, प्रस्तावनामा रणनीतिक लक्ष्य साम्यवाद लेखिँदै

काठमाडौँ,३ माघ । एकीकरणको बाँकी काम सक्ने कार्यदिशा पाएको नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमति भएको छ । विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकोमा अब वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लेख्ने सहमति भएको छ । स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिप...

घुमाउरो शैलीमा नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग

घुमाउरो शैलीमा नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग
काठमाडौँ,३ माघ । कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ ।पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ । माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ । संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता ...

प्रधानमन्त्री ओलीका मतदाताको चेतावनी, न्याय नपाए काठमाडौँमै अनशन बस्छौं

काठमाडौँ,३ माघ । सुरक्षाको माग गर्दै काठमाडौँ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौँमै रिले अनशन बस्ने चेतावनी दिएका छन् । झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दा मुआब्जा दिनुको साटो उल्टै मोबाइलबाट ज्यान मार्ने धम्की आएको गुनासो उनीहरुले गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार का...

प्रधानमन्त्री ओलीले भने सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा छ

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ ।एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।” सरकार २०७२ सालको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै उहाँले कोही पनि भूकम्पपी...

ढुक्क हुनुहोस् बूढीगण्डकी आयोजनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड

ढुक्क हुनुहोस् बूढीगण्डकी आयोजनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड
गोरखा,२७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताएका छन् । दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्दै उनले भने, बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडी बढ्छ अब यसलाई कहि कतै रोक्न सकिदैंन । यो रोकिन्छ की भन्नेमा कुनै आंशका नगर्न अध्यक्ष प्रचण्डले आग्रह गरे । यो आयोजनाको मुआब्जा वितरणको काम ढिलो भएको स्वीकार गर्दै उनले सरकारसँग यसबारेमा सम्पूर्ण तथ्याङ्क लिएर आएको उल्लेख ...

प्रधानमन्त्री ओलीले भने -पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाल रहँदैनथ्यो

काठमाडौं,२७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने भन्दै पृथ्वीनारायण शाहको प्रशंसा गरेका छन् । ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि ए...

प्रचण्डले भने – मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षीसँगै

प्रचण्डले भने –  मुलुकलाई समृद्धि बनाउन सत्ता पक्ष र विपक्षीसँगै
चितवन, २४ पुस   ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उहाँले भन्नुभयो “तपाईहरु के नठान्नुहोल भने माथि खिचातानी छ कि भन्ने...