चितवन,२० माघ । सरकार विरुद्ध भोली सोमबार हुने प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको कांग्रेस चितवनले जनाएको छ । नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले देशब्यापी आन्दोलनको घोषणा गरे सँगै चितवनमा विरोध प्रदर्शनको आयोजना गरिएको हो । सरकारको कार्यशैली निरंकुश र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शनको आयोजना गरिएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । उनका अनुसार भोलि सोमबार हुने विरोधसभा अघि चौबिसकोठीबाट विरोध ¥याली निकालिने छ । ¥याली लाइन्सचोक–सहिद चोक हुदैँ पुल चोकमा गएर सभामा परिणत हुने छ ।
सभालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ ।