राजनीति

विप्लवका समूहका ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ

काठमाडौँ ,११ चैत । सरकारले प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ९पुष्कर० आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका छन् । काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।

शान्ति प्रक्रियाका नायक गिरिजा बाबुको आज नवौं स्मृति दिवस मनाइदै

शान्ति प्रक्रियाका नायक गिरिजा बाबुको आज नवौं स्मृति दिवस मनाइदै
काठमाडौँ ७ चैत । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो । कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो । उहाँले १० वर्षसम्म युद्धमा रहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउने अगुवाइ गर्नुभयो । शान्ति सम्झौता गर्नुभयो र मुलुकमा शान्ति स्थापना गर्न महत्वपूर्ण निर्णय गर्नुभयो । नेपाली राजनीतिमा उह...

के सिके राउत नेकपामा प्रवेश गर्दैछन त ?

के सिके राउत नेकपामा प्रवेश गर्दैछन त ?
काठमाडौँ, २६ फागुन । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए । सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । अब उनको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ । उनले सरकारसँग अचानक ...

राजपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राजपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं,२२ फागुन । टीकापुर घटनामा आरोपी रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल आक्रोशित बनेको छ । सो पार्टीको बुधबार बसेको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राजपाले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई लगाइएको मुद्दा फिर्ता लिइ सांसदको हैसियत काम गर्न दिन सरकारसँग माग गर्दै आएको थियो । सो बमोजिम सरकारले चौधरीलाई केही महिना पहिले सपथ लिने व्यवस्था मिला...

पशुपति शर्माको लुट कान्छा गितको बारे पहिलो चोटि बोले प्रधानमन्त्री

पशुपति शर्माको लुट कान्छा गितको बारे पहिलो चोटि बोले प्रधानमन्त्री
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् । लोकगायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’ शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा...

फागुन १४ गते प्रचण्ड गण्डकी गाउँपालिका आउनुहुदै

कुरिनटार, नेकपा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड यहि फागुन १४ गते गोर्खा आउनुहुने भएको छ। गण्डकी गाउपालिका ७ चुरिनटारमा निर्माण सम्पन्न भयको वडाकार्यल भवनको उदघाटन र कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत प्रमुख अतिथीको हैसियतमा उहाँ गोर्खाको गण्डकी गाउँपालिका आउन लाग्नु भएको हो। उक्त कार्यक्रममा प्रचण्डले उपस्थित भेलालाई संबोधन गर्ने कार्यक्रम समेत रहेको छ।

दुइतिहाइ सरकारको साख गिराउने मुख्य ४ काण्ड

कुरिनटार, प्रधानमन्त्री केपी ओलीले आफ्ना प्रत्येक सम्बोधन र भाषणमा नछुटाउने शब्द हो, ‘सुशासन र समृध्दी’। बिहीबार आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सुनाउने क्रममा पनि उनले यहि शव्द दोहोर्याए ।उनको पछिल्लो सम्बोधन र कामको फेहरिस्थ सुन्दा मुलुक साच्चै समृध्दीकै बाटोमा गएको अनुभव हुन्थ्यो । तर, बास्तविकता भने फरक छ । नेपाली जनतालाई परिणाम चाहिएको हो जवकी भाषण र आश्वसनका पुलिन्दा होइन । यो सरकारको एक वर्षे कार्यकालमा जनताले एकाधबाहेक प्रत्यक्ष अनुभव गर्ने गरी कुनै परिवर्तन...

प्रचण्डले भने ‘अब म लड्न जाने भएँ ढुक्क हुनुस् ।’

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियनको पहिलो भेलाका वक्ताहरुले प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि घोचपेच गरे, केहीले उक्साए पनि । सबै सुनेपछि प्रचण्डले भने,’मलाई त लागेको छ, भेलाको सफलताको शुभकामना दिएर निक्लिहालूँ ।’ सोझै प्रधानमन्त्री र शिक्षामन्त्री कहाँ गएर यो गर्ने कि नगर्ने भनुँ झै‌ लागेको पनि उनले बताए । विवेक सुवेदी लगायतका वक्ताहरुले प्रचण्डले जहिल्यै सकारात्मक आश्वासन दिइराख्ने तर, आफूहरुले पुराना माग राखिराख्नुपर्ने अवस्था रहेको बता...

नेकपा इच्छाकामनाले मनायो २४ औँ जनयुद्ध दिवस

नेकपा इच्छाकामनाले मनायो २४ औँ जनयुद्ध दिवस
कुरिनटार, १ फागुन । इच्छाकामनामा पनि जनयुद्ध दिवस मनाइएको छ । आज चितवनको इच्छाकामना ४ स्थित कुरिनटारमा एक कार्यक्रमकाबीच २४ ओटा मैन बत्ती बालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले २४ औँ जनयुद्ध दिवस मनाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायणप्रसाद अधिकारीले परिवर्तनका लागि विभिन्न समयमा बलिदान दिनेहरु सहिदहरुको सम्मान गर्नु पर्ने बताउनुभयो । अहिलेको कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गरेर सहिदको सपना पुरा गर्नु पर्नेमा उहाँको जोड थियो । सरकारले जनपक्षीय ...

प्रधानमन्त्री निवासमा ६ महिनामा २९ लाख ५९ हजारको पानी

कुरिनटार। विशिष्टहरूको निवासमा ग्यास चुल्होदेखि बिछ्यौनासम्ममा अपारदर्शी रूपमा खर्च भएको निष्कर्षसहित महालेखा परीक्षक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मितव्ययिता अपनाउन निर्देशन दिए पनि अझै पालना नभएको पाइएको छ। राज्यको विशिष्ट तहमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा मन्त्री निवासबाट कार्यविधि नबनाई राज्यकोषको दोहन भइरहेको छ। महालेखा परीक्षक कार्यालय र अख्तियारको निर्देशनबमोजिम वैशाख अन्तिम साता म...