राजनीति

भीआईपीलाई सशस्त्र प्रहरीको लर्को

काठमाडौँ,२ १ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरुका नाममा राज्यकोषबाट भइरहेको खर्चबारे चासो बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैँ हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन । भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन् । भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो ...

पुर्वराजा ज्ञानेन्द्र सक्रिय : हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा सहित पूर्व–तराई ‘मिसन’मा

काठमाडौं,२१चैत । पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो । भेटका क्रममा अधिकांस नेताले ह...

कांग्रे सभापती देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा

कांग्रे सभापती देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा
काठमाडौं,२१ चैत । महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् । विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत...

जनप्रतिनिधि नै लिन्छन् दोहोरो सुविधा

जनप्रतिनिधि नै लिन्छन् दोहोरो सुविधा
हुम्ला,१९ चैत । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा जनकबहादुर शाहीले लेखेका छन् । यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन् ।

छिमेकीलाई फकाएर विश्वशक्ति बन्ने दौडमा चीन

छिमेकीलाई फकाएर विश्वशक्ति बन्ने दौडमा चीन
काठमाडौं,१७ चैत । बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० मा सक्रिउ चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो ।  अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको रहेको छ । तर, चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कुटनीति ९कर्मचारीतन्त्र०, सुरक्षा निकाय, व्या...

राप्रपा संयुक्तको वैधानिकता नै धरापमा,दल दर्ता नहुने

काठमाडौं,१७ चैत । गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवा...

कांग्रेसलाई महाधिवेशन लाग्यो, शीर्ष नेता देश दौडाहामा

कांग्रेसलाई महाधिवेशन लाग्यो, शीर्ष नेता देश दौडाहामा
काठमाडौं ,१६ चैत । कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन्...

एकता प्रकृया नटुगिंदा नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार

एकता प्रकृया नटुगिंदा नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार
काठमाडौं ,१६ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ महिनाको अवधिमा प्र्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । कता प्रक्रिय...

सभापति देउवाविरुद्ध उजुरी हाल्नु अघि बजगाई,कोइराला र रिजालबीच बालुवाटारमा गोप्य मिटिङ

गोरखा,१५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्नु अघि कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईले महामन्त्री शशांक कोइराला र केन्द्रिय सदस्य मिनेन्द्र रिजालसँग गोप्य छलफल गरेको कुरा खुलेको छ। बजगाईले बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा सभापतिले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै देउवाविरुद्ध कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका थिए । बजगाईले उजुरीमा ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेक...

चितवन विप्लब माओवादीको शक्ति केन्द्र,प्रतिबन्ध यता चितवन बाट ६ पक्राउ

१३, चैत, चितवन । सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएयता चितवनमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रक्राउ परेका छन् । बिप्लपको विभिन्न गतिविधिमा साथ दिने तथा नेपाल बन्द जस्ता कार्यक्रम सफल बनाउन लागि परेका उनिहरु लाई प्रहरिले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सचिवालय सदस्यदेखि साधारण कार्यकर्तासम्म रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गा रेग्मीले जानकारी दिए । प्रवक्ता रेग्मीका अनुसार फागुन २९ गते जिल्ला सचिवालय सदस्य रामप्रसाद तिमिल्स...