हुम्ला,१९ चैत । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा जनकबहादुर शाहीले लेखेका छन् ।
यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन् ।