गोरखा,१५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्नु अघि कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईले महामन्त्री शशांक कोइराला र केन्द्रिय सदस्य मिनेन्द्र रिजालसँग गोप्य छलफल गरेको कुरा खुलेको छ।

बजगाईले बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा सभापतिले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै देउवाविरुद्ध कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका थिए । बजगाईले उजुरीमा ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन्।

साथै दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट कमजोर बनाएको आरोप लगाएका छन्। कुनै समय देउवा र उनकी पत्नि आरजु देउवासँग निकट सम्बन्ध बनाएका बजगाई पछिल्लो समय महामन्त्री कोइराला र रिजालको गुटसँग नजिकिएका छन्।

सभापति देउवाविरुद्ध उजुरी हाल्नु अघि गत शनिबार बजगाई, कोइराला र रिजालबीच बालुवाटारको एक रेस्टुरेन्टमा डिनरसहितको छलफल भएको थियो। स्रोतका अनुसार उक्त गोप्य मिटिङमा देउवाले पार्टीलाई तहसनहस बनाएको भन्दै उनलाई कमजोर बनाउनका लागि उजुरी हाल्ने तथा देउवा बिरोधी अभियान चलाउने सम्मको योजना बनेको थियो।

सबैभन्दा अचम्म त के छ भने बजगाई देउवा भन्दा पनि बद्ननाम पात्र हुन। प्रदेशसभा चुनावमा बजगाईं गोरखा क्षेत्र नम्बर १ ९ख०मा पराजित भएका थिए।

गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउनेहरुको सूचीमा पर्यटन ब्यवसायी समेत रहेका नेता राजेन्द्र बजगाईको नाम पनि आएको थियो । खोज पत्रकारिता केन्द्र ९खोपके० को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ ९आईसीआईजे० सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको नेपाललिक्स २०१९ मा बजगाईको नाम पनि छ ।

बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाईले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका थिए। बजगाईले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् ।

उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको देखिन्छ ।

बजगाईको ब्यवसायमा नेता रिजालसमेत जोडिने गरेका छन् । कांग्रेस स्रोतका अनुसार रिजालले सूचना तथा संचार मन्त्री हुँदा ठूलो रकम घुस खाएर हुवावेलाई टेलिकमका अरबौंका ठेक्का दिएका थिए । उनले टेलिकममा प्राविधिकलाई प्रबन्ध निर्देशक नबनाई चार्टर्ड एकाउन्टेन्ट बुद्धि आचार्यलाई बनाउने क्रममा समेत आर्थिक चलखेल गरेको आरोप लागेको थियो । संचार मन्त्रालयमा हुँदा कमाएको कालोधन राजेन्द्र बजगाईमार्फत् लगानी गरेको रिजालमाथि आरोप लाग्ने गरेको छ। जुन कालोधन बजगाईले ब्रिटिस भर्जिन आइल्याण्डबाट बैदेशिक लगानी भनेर नेपालमा भित्र्याएको आशंका गरिएको छ ।Mynepalnews.comबाटा साभार