१३, चैत, चितवन । सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएयता चितवनमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रक्राउ परेका छन् । बिप्लपको विभिन्न गतिविधिमा साथ दिने तथा नेपाल बन्द जस्ता कार्यक्रम सफल बनाउन लागि परेका उनिहरु लाई प्रहरिले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सचिवालय सदस्यदेखि साधारण कार्यकर्तासम्म रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गा रेग्मीले जानकारी दिए ।
प्रवक्ता रेग्मीका अनुसार फागुन २९ गते जिल्ला सचिवालय सदस्य रामप्रसाद तिमिल्सिना, राप्ती नगरपालिकाका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी बीरेन्द्र बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष विक्रम न्यौपाने, चैत ३ गते जिल्ला सदस्य वीरबहादुर तामाङ र चैत ११ गते राति अखिल क्रान्तिकारी यातायात व्यवसायी संघका जिल्ला अध्यक्ष मित्र केसी र कार्यकर्ता जयबहादुर कुँवर पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई बिस्फोट, आगजनी तथा संगठित अपराध अन्र्तगत म्याद थप गरी मुद्धा चलाइएको प्रवक्ता रेग्मीले बताए । उनीहरुसँग थप सोधपुछ र आवश्यक अनुसन्धान जारी छ ।
चितवनमा विप्लव समूहको उपस्थिति बलियो रहेको प्रहरीको बुझाइ छ । जिल्लाका चर्चित नेताहरु देशका अन्य जिल्लामा विप्लव समूहको नेतृत्वदायी भूमिकामा रहेका छन् ।
विद्यार्थी नेतादेखि पार्टी नेतासम्मलाई अन्य जिल्लामा जिम्मेवारी दिएर परिचालन गरिएको जानकारी प्रहरीले पाएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादलको जिल्लासमेत भएकोले विप्लव समूहबाट जिल्लामा सानातिना घटनाहरु भइरहन सक्ने प्रहरीको बुझाइ छ ।
केही दिनअघि भरतपुर महानगरपालिका वडा नः ५ को कार्यालयमा बिस्फोट गरी क्षति गराइएको थियो । सोही घटनामा उनीहरुको संलग्नता रहेको भन्दै प्रहरीले बिस्फोट तथा आगजनीको मुद्धा लगाएको छ