राजनीति

नेकपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप : १३ जना घाइते, दुई पक्राउ

नेकपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप : १३ जना घाइते, दुई पक्राउ
चितवन :  प्रतिनिधिसभा विघटनको विरुद्धमा भोली काठमाडौँमा हुने विरोध सभाको पूर्वसन्ध्यमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले चितवनमा गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको लाठी चार्जबाट १३ जना भन्दा बढी घाइते भएका छन् । साथै यूवा नेताहरु भानु न्यौपाने र विशाल कडेँललाई गिरफ्तार गरेको नेकपा चितवनले जनाएको छ । यसैबिच नेकपा चितवनले प्रहरीले हस्तक्षेप गरेको प्रति विरोध जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधान प्रदत्त अधिकार रहेको भन्दै...

इच्छाकामनाको सबै वडामा कांग्रेसको बिरोध सभा सम्पन्न। तस्बिरमा हेर्नुहोस आजको कार्यक्रम ।

इच्छाकामनाको सबै वडामा  कांग्रेसको बिरोध सभा सम्पन्न। तस्बिरमा हेर्नुहोस आजको कार्यक्रम ।
कुरिनटार-प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरेपछी एकाएक आन्दोलनमा उत्रिएको सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली कांग्रेसले देशै भरका स्थानिय निकाए अन्तरगत वडा हरु लक्षित गरेर बिरोध प्रदर्शन गरेको छ। पुर्वनिर्धारित कार्यक्रम अन्तरगत  चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ को हात्तिवाङ, वडा नं. २ को काउँले, वडा नं. ३ को कुरिनघाट, वडा नं. ४ को इच्छाकामना मन्दिर कुरिनटार, वडा नं. ५ को मुग्लिन बजार, वडा नं. ६ को ढुङ्ग्रे र वडा नं. ७ को पिपलटारमा विरोध प्रदर्शन...

आज प्रतिनिधिसभा विघटनको विरुद्धमा कांग्रेसले ६ हजार ७४३ वडामा प्रदर्शन गर्दै

आज प्रतिनिधिसभा विघटनको विरुद्धमा कांग्रेसले ६ हजार ७४३ वडामा प्रदर्शन गर्दै
काठमाडौ :  आज नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनकोविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो। कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो। विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबह...

प्रतिनिधि सभा विघटनविरुद्ध इच्छाकामनामा विरोध सभा, नेकपा परित्याग गरि ३३ जना कांग्रेसमा प्रवेश

प्रतिनिधि सभा विघटनविरुद्ध इच्छाकामनामा विरोध सभा, नेकपा परित्याग गरि ३३ जना कांग्रेसमा प्रवेश
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकामा ३३ जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज मुग्लिनमा आयोजना गरिएको सभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परित्याग गरि उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । वागमती प्रदेश सांसद गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलगायत कांग्रेसका नेताहरुले सभामा रातो टिका लगाई पार्टीमा प्रवेश गराएका हुन् । विरोध सभामा गाउँपालिकाका सातवटै वडाका कार्यकर्ताहरु सहभागी थिए । विभिन्न नार...

काँग्रेसले देशभर ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै, इच्छाकामनाको मुग्लिनमा पनि विरोधसभा हुने

काँग्रेसले देशभर ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै, इच्छाकामनाको मुग्लिनमा पनि विरोधसभा हुने
चितवन :  प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो । काँग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । उहाँले आजको विरोध ...

आज पनि प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ हुँदै

आज पनि  प्रतिनिधिसभा विघटनको मुद्दामा  सुनुवाइ हुँदै
काठमाडौँ   : आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत बुधबार हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेर त्यसअघिको इजलासमा नै रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका थिए । बुधबार इजलास पुनर्गठनसँगै सुरू भएको सुनुवाइमा पनि उक्त मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा भन्ने ...

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८७औं जन्मजयन्ती

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८७औं जन्मजयन्ती
काठमाडौं,२६ पुस । आज थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८७ औं जन्मजयन्ती मनाइँदैछ। विष्टको जन्मथलो मकवानपुरको दामनमा फरक सोच अभियानले विशेष कार्यक्रम गर्न लागेको हो। विकास घर दामन शिखरकोटको प्राङ्गणमा विहान ८ बजेदेखि कार्यक्रम सुरु हुने अभियानले जनाएको छ। रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले वि.सं.२०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए। उनले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए। वि...

वामदेवले भने –म प्रधानमन्त्रीको ठाउँमा भएको भए राजीनामा दिन्थेँ

वामदेवले भने –म प्रधानमन्त्रीको ठाउँमा भएको भए राजीनामा दिन्थेँ
काठमाडौं :  राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउन पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि राजीनामा दिनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे । यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण गर्दै उनले भने, यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।’ आफू प्रधानमन्त...

प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमेको भन्‍न मिल्छ कि मिल्दैन : रायमाझी

प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमेको भन्‍न मिल्छ कि मिल्दैन :  रायमाझी
  काठमाडौं  : कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्रीविरुद्ध गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्रीले संविधान पढ्न नजानेको भन्दै मानसिक सन्तुलन गुमेको भन्न मिल्ने कि नमिल्ने प्रश्न उठाएका हुन्। ‘एउटा प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ। पहिलो प्रतिनिधिसभाको सदस्य चाहिन्छ, दोस्रो बहुमत सदस्यको समर्थन हुनुपर्छ तेस्रो मानसिक सन्तुलन ठिक हुनुपर्छ’ उनले भने, ‘उहाँलाई अहिले प्रधानम...

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजदेखि बहस हुँदै

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजदेखि बहस हुँदै
काठमाडौं :  आजदेखि प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुरु हुँदैछ । सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो । सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ । यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता...