कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै, चितवनमा गगन थापाले सम्बोधन गर्ने
चितवन : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ।
काँग्रेस चितवनको आयोजनामा भरतपुरको चौविसकोठी चोकमा दिउँसो विरोधसभा हुने छ। विरोधसभालाई नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस चितवनका सभापति जितनाराण श्रेष्ठले जानकारी दिए ।
संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ।...









