राजनीति

नेपाली काँग्रेसबाट बेनीघाट रोराङको अध्यक्षका लागि ५ र उपाध्यक्षमा ३ जनाको दाबी

नेपाली काँग्रेसबाट बेनीघाट रोराङको   अध्यक्षका  लागि ५ र उपाध्यक्षमा ३ जनाको दाबी
धादिङ : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार बन्न चाहनेहरु टिकटका लागि आ–आफ्ना दलमा दावी प्रस्तुत गर्न थालेका छन्। जसअनुरुप धादिङको बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बन्न चाहनेहरुले दावी प्रस्तुत गर्न थालेका छन्। पार्टी स्रोतबाट प्राप्त समाचार अनुसार बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसबाट ५ जनाले दावी गरेका छन्। अध्यक्षमा दावी गनेहरुमा देविप्रसाद सिलवाल, दिपकान्त...

गोरखाको गण्डकीमा गठबन्धनको कमिटी गठन

गोरखाको  गण्डकीमा गठबन्धनको कमिटी  गठन
गोरखा, २१ चैत । गोरखाको गण्डकी गाउँपालिकामा रहेका गठबन्धनका दलहरुले जिल्लाको निर्णयलाई स्वागत गरेका छन् । आज बसेको गठबन्धनको बैठकले जिल्लाको निर्णय अनुसार अघि बढ्ने निर्णय गरेका हुन् । साथै गण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेस गाउँ कमिटीका सभापति होम बहादुर राना मगरको नेतृत्वमा गठबन्धन कमिटी गठन गरेका छन् । गठबन्धनको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष सीताराम रसाइली (मुक्ति), जनता समाजवदीका अध्यक्ष यम दत्त दुवाडी, नेकपा एकिकृत समा...

स्थानीय तह निर्वाचन बागमती प्रदेश प्रचार समितिमा कविता भन्तना मनोनित

स्थानीय तह  निर्वाचन बागमती प्रदेश  प्रचार समितिमा  कविता  भन्तना मनोनित
चितवन : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस वागमती प्रदेशले प्रचार समिति गठन गरेका छन् । प्रदेश कार्य समितिका प्रवक्ता तिलक प्रसाद रुवालीको संयोजक्तवमा ३७ सदस्यीय प्रचार समिति गठन गरेका हुन् । उनिहरुलाई वागमतीप्रदेशका सभापति इन्द्र बानियाँले मनोनित गरेका हुन् । यसैबिच प्रचार समितिमा यूवा नेतृ समाजसेवी कविता भन्तनासहित पाँच जना मनोनित भएका छन् । कविता भन्तना,ओम प्रसाद डल्लाकोटी, राम बहादुर लामा, उत्तम चुके र सुचना प्रविधि ...

मोडालिटीको खाकामा ब्यस्त नेपाली काङ्ग्रेस चितवन

मोडालिटीको खाकामा ब्यस्त नेपाली काङ्ग्रेस चितवन
आशिष अधिकारी/भरतपुर १४ चैत नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज तेस्रो पनि जिल्लाका ९८ वटै स्थानीय तहमा घर दैलो कार्यक्रम जारी छ । नेपाली काङ्ग्रेस चितवनले जिल्लाभर आफ्ना नेता तथा कायकर्ताहरुलाइ व्यापक रुपमा परिचालन गरेको छ । आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्ष्यित गरि जिल्लाका सबै वडा वडामा तल्लो तह सम्मका नेता तथा कार्यकर्ता खटाइएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । प्रत्येक वडा र टोल टोलमा घर दैलो ...

आज कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने वा नगर्ने बारे टुंगो लगाउने

आज  कांग्रेसले  स्थानीय तह निर्वाचनमा तालमेल गर्ने वा नगर्ने बारे टुंगो लगाउने
काठमाडौं : सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापतिसहित २७ जनाले...

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक आज   बस्दै
काठमाडौं नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ।बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तीलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले बताए। ।

आज पनि कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै

आज पनि  कांग्रेस केन्द्रीय कार्य समिति बैठक  बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ। शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द...

स्थानिय तह निर्वाचन : नेपाली कांग्रेस चितवनले सबै वडामा प्रतिनिधि खटायो

स्थानिय तह  निर्वाचन  :  नेपाली कांग्रेस चितवनले सबै वडामा प्रतिनिधि खटायो
चितवन : नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन् । ‘घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन् । पाँच दिनसम्म वडामा रह...

स्थानीय निर्वाचनमा एक्लै लड्ने काङ्ग्रेस चितवनको निर्णय

स्थानीय निर्वाचनमा एक्लै लड्ने काङ्ग्रेस चितवनको निर्णय
नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत कालिका नगरपालिका वडा नम्बर-१ को सम्पर्क कार्यालयको आज बुधबार एक भब्य समारोहका बिच उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्पर्क कायलयको उदघाटन गर्दै नगरबासिहरुको साथ र सहयोग भएमा पछाडी परेको कालिका नगरपालिकालाई एक नम्बरमा ल्याउने बताए । प्रदेशले गरेको आर्थिक सुचाङककाे आधारमा कालिका नगरपालिका पछाडी परेको भन्दै तपाईहरुले काङ्ग्रेसलाई जिताउनु भयो भने हामी एक नम्बरको नमुना नगरपालिका...

स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता
चितवन : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । कार्कीका अनुसार राष्ट्...