चितवन : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस वागमती प्रदेशले प्रचार समिति गठन गरेका छन् । प्रदेश कार्य समितिका प्रवक्ता तिलक प्रसाद रुवालीको संयोजक्तवमा ३७ सदस्यीय प्रचार समिति गठन गरेका हुन् । उनिहरुलाई वागमतीप्रदेशका सभापति इन्द्र बानियाँले मनोनित गरेका हुन् ।
यसैबिच प्रचार समितिमा यूवा नेतृ समाजसेवी कविता भन्तनासहित पाँच जना मनोनित भएका छन् । कविता भन्तना,ओम प्रसाद डल्लाकोटी, राम बहादुर लामा, उत्तम चुके र सुचना प्रविधि विज्ञमा राजेन्द्र लामा मनोनित भएका हुन् । भन्तना चितवनबाट एक मात्र प्रचार समितिमा मनोनित महिला नेतृ हुन् ।