आशिष अधिकारी/भरतपुर
१४ चैत
नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज तेस्रो पनि जिल्लाका ९८ वटै स्थानीय तहमा घर दैलो कार्यक्रम जारी छ ।
नेपाली काङ्ग्रेस चितवनले जिल्लाभर आफ्ना नेता तथा कायकर्ताहरुलाइ व्यापक रुपमा परिचालन गरेको छ । आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्ष्यित गरि जिल्लाका सबै वडा वडामा तल्लो तह सम्मका नेता तथा कार्यकर्ता खटाइएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । प्रत्येक वडा र टोल टोलमा घर दैलो कार्यक्रम आज पनि जारी छ खनालले भने, मानिसहरू काङ्ग्रेस बिनाको स्थानीय तह सोच्न पनि नसकिने बताइ रहेको हामीले पाएका छौ । जिल्लाका विभिन्न स्थानहरु बाट मलाई सुझाव आउने क्रम जारी छ सभापतिले भने । वडामा खटिएर गएका प्रतिनिधिहरुले अहिले मुख्य गरि तीन वटा काम गरिरहेका छन । टोल टोलमा समिति गठन, सर्बसाधारण तथा मतदातालाइ काङ्ग्रेसमा मतदान गर्न अभिप्रेरित गर्ने र बिगतको के पि ओलि सरकारले गरेका जनबिरोधी कार्यहरुको बारेमा जनतालाइ सु सुचित गराउने काम भइरहेको नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुव पोख्रेलले बताए ।
५ दिनसम्म वडामा रहेर प्रतिनिधिहरुले काम गर्ने छन् ।
५ दिन पछि वडागत रुपबाट प्रतिबेदन पेश हुन्छ, त्यो प्रतिबेदन माथिको अध्ययन गरेर जिल्ला कार्यसमितिले एउटा दृष्टिकोण बनाउछ पोख्रेलले भने, चुनावी अभियानमा कसरी प्रस्तुत हुने, कस्तो मोडालिटिमा जाने भन्ने कुराको निस्कर्स अनि बल्ल आउँछ ।
पार्टीका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,
जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडामा खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा जितका लागि गर्नुपर्ने कामहरु लगायतका विषयमा पनि अध्ययन गर्ने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।
काङ्ग्रेस चितवनले फागुन २९ गतेबाट जिल्लामा निर्वाचन अभियान शुरु गरेर चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान शुरु गरिसकेको छ ।