धादिङ : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार बन्न चाहनेहरु टिकटका लागि आ–आफ्ना दलमा दावी प्रस्तुत गर्न थालेका छन्। जसअनुरुप धादिङको बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बन्न चाहनेहरुले दावी प्रस्तुत गर्न थालेका छन्।
पार्टी स्रोतबाट प्राप्त समाचार अनुसार बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसबाट ५ जनाले दावी गरेका छन्। अध्यक्षमा दावी गनेहरुमा देविप्रसाद सिलवाल, दिपकान्त थपलिया, सन्तोष पौडेल, बि।पि। कंडेल र ज्ञानेन्द्र सिलवाल रहेका छन्।
अध्यक्षमा दावी गर्नेहरुमा देविप्रसाद सिलवाल हाल नेपाली काँग्रेसबाटै निर्वाचित भएर गाउँपालिकाको उपाध्यक्ष छन् भने पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। दिपकान्त थपलिया पार्टीको महाधिवेशन प्रतिनिधी हुन् भने सन्तोष पौडेल पार्टीको बागमती प्रदेश प्रतिनिधि एवं कार्य समिती सदस्य हुन्। यस्तै ज्ञानेद्र सिलवाल पार्टीको पूर्व जिल्ला सदस्य हुन् भने बि।पि। कडेल पार्टीको पूर्व क्षेत्रीय सभापति हुन्।
यसैबिच गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसबाट ३ जनाले दावी प्रस्तुत गरेको छ। उपाध्यक्षमा दावी प्रस्तुत गर्नेहरुमा पार्टीका जिल्ला सह–सचिव क्रान्ति डल्लाकोटि, महिला संघका केन्द्रीय सदस्यकविता इटनी र जिल्ला सदस्य अनप धरेल रहेका छन्।
उनीहरुले निर्वाचनको तयारीको लागि पार्टीले राखेको गाउँभेलामा आ–आफ्नो दावी प्रस्तुत गरेका हुन्। भेलामा गाउँ पार्टीका सभापति ऋषि नाथ त्रिपाठि, महाधिवेशन प्रतिनिधि उर्मिला थपलिया, कबिन शाक्य, बिमला चेपाङ, राम बहादुर थापा लगायत गाउँपालिका, क्षेत्र र जिल्लाका नेताहरुको
उपस्थित रहेको थियो।