इच्छाकामना गाउँपालिका अध्यक्षले बजेटमा पार्टी प्रवेश सर्त राखेको कांग्रेस सचिवको आरोप, अध्यक्ष गुरुङले भने–कसले भन्यो ?
इच्छाकामना,४ असार : चितवनको इच्छाकामना गाउँपालिका आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने तयारी छ । गाउँपालिकाले सबै सरोकारवालाहरुसँग सुझाव संकलन गरिरहेका छन् ।
तर गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई भने गम्भीर आरोप लागेको छ । अध्यक्ष गुरुङलाई बजेटमा राजनिति गरेको आरोप लागेका हुन् । नेपाली कांग्रेस इच्छाकामनाका सचिव तूल गुरुङले अध्यक्ष गुरुङले १० लाख बजेट विनियोजन गरिदिने तर नेकपा एमालेमा प्रवेश गर्नपर्ने सर्त राखेको आरोप लगाएका हुन् ।
उनले समाजिक सञ्चालन...









