देश / समाज

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन, २६ भदौ । पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध बनेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुासार इच्छाकामना गाउँपालिका ६ स्थित टोपे खोलामा आज बिहान ६ः४५ बजेको समयमा सुख्खा पहिरोको खस्दा नारायणगढ–मुग्लिन सडक दुइतर्फी  अवरुद्ध बनेको हो । पहिरो पन्छाउन लोडर र एक्साभेटर तयारी अवस्थामा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी निरिक्षक  बिशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी भइरहेपनि  ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो पञ्छाउन सुरु गर्न...

हृदयघातबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

हृदयघातबाट एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्बाङको निधन
काठमाडौँ  :  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधन भएको छ । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख समेत रहेका नेम्बाङको काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम२ ...

सुपर त्रिसुलि हाइड्रोपावरको सरोकार समिती निर्माणमा विमती जनाउदै स्थानियद्वारा प्रदर्शन ।

सुपर त्रिसुलि हाइड्रोपावरको सरोकार समिती निर्माणमा विमती जनाउदै स्थानियद्वारा प्रदर्शन  ।
कुरिनटार-गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर १ र चितवनको इच्छाकामना गाउँपालिका ३ मा पर्ने त्रीशुली नदिमा निर्माण सुरु गरिएको सुपर त्रीशुली हाइड्रोपावरबाट प्रवाहित हुनेहरुलाई नसमेटी सरोकार समिती गठन भएको भन्दै बिरोध भएको छ।                                                                                                      एकसय वाट क्षमताको हाइड्रोपावर निर्माणको क्रममा आयोजना बाट प्रवाहित हुने क्षेत्रको विभिन्न सरोकारका बिषय उठ्ठानकोलागि सरोकार समिती निर्माण गरिने भएपनी गण्डक...

यसरी मनाइयो गोरखामा चेपाङ समुदायले न्वागी पर्व (फोटोफिचरसहित)

यसरी मनाइयो गोरखामा चेपाङ समुदायले न्वागी पर्व (फोटोफिचरसहित)
तोमन डाडाँ  :  गोरखामा पनि चेपाङ समुदायले सामुहिक रुपमा न्वागी (छोनाम) पर्व मनाएका छन् । जिल्लाको गण्डकी गाउँपालिकाको कार्यालय परिषर तोमनडाडाँमा एक कार्यक्रमकाबिच सामुहिक रुपमा न्वागी मनाएका हुन् । चेपाङ समुदायको छोनाम(न्वागी)को अवसरमा गण्डकी गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो । गाउँपालिकामा न्वागीको अवसरमा भएको कार्यक्रममा विभिन्न वडाबाट आएका चेपाङ समुदायले झाँकी प्रदर्शनी गरेका थिए । परम्परागत पोसाक कछाड, स्टकोट, गुन्यु, चोलीमा सजिएर सीमान्तकृत चेपाङ समुदायले मौलिक...

न्वागी पर्व मनाउँदै चेपाङ समुदाय , चितवनसहित बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

न्वागी पर्व मनाउँदै चेपाङ समुदाय , चितवनसहित बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
चितवन :  बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा आज चितवनसहित तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिइएको हो ।प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जु...

धादिङ चेली इच्छाकामनाको बृहत तीजगीत प्रतियोगीता सम्पन्न, मुग्लिनको नेवाः मिस पुजः प्रथम

धादिङ चेली इच्छाकामनाको बृहत तीजगीत प्रतियोगीता सम्पन्न, मुग्लिनको नेवाः मिस पुजः प्रथम
कुरिनटार  :   चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रीता अर्याल नेपालको सभापतित्वमा बुधबार सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य कृष्णप्रसाद पोखरेल, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, धादिङ बेनिघाट रोराङ गाउ...

मुुख्यमन्त्री सालिकराम जम्कटेल आज कुरिनटार आउँदै

मुुख्यमन्त्री  सालिकराम जम्कटेल आज कुरिनटार आउँदै
कुरिनटार :    बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेल आज  कुरिनटार आउने भएको छ । धादिङ चेली इच्छाकामना सहयात्री संस्थाद्धारा आयोजित बृहत तीज गीत प्रतियोगिता कार्यक्रमको मुख्य अतिथिको रुपमा कुरिनटार आउन लागेका हुन्  । धादिङ चेली इच्छाकामना महिला सहयात्रि संस्थाले नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा  आज   श्री कृष्ण जन्माष्टमीको दिन कुरिनटारमा वृहत तीजगीत प्रतियोगिता आयोजना गरेका हो ।   प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुने...

सुपर त्रिशूली हाइड्रडो पावर सरोकार समिति गठन

सुपर त्रिशूली  हाइड्रडो पावर सरोकार समिति गठन
 कुरिनटार  :  सुपर त्रिशुली हाइड्रडो पावर सरोकार समिति गठन गरिएको छ । आयोजना प्रभावित  क्षेत्रका स्थानीयहरुको भेलाले चन्द्रमणी सापकोटाको अध्यक्षतामा  सरोकार समिति गठन गरिएको हो । भेलाले सरोकार समितिको उपाध्यक्षमा कञ्चन गुरुङ ,सचिवमा लक्ष्मण श्रेष्ठ, सह–सचिवमा गोमा  घिमिरे, कोषाध्यक्षमा माधव प्रसाद पोखरेलाई चयन गरेका छन् । सदस्यहरुमा कमल ठकुरी, ईश्वर पोखरेल,नारायण श्रेष्ठ,उत्तम गुरुङ, प्रकाश पोखरेल, कर्ण बहादुर गुरुङ, लालमती गुरुङ र पशुपति बुढाथोकी रहेका  छन् ।  सरोकार समितिले...

राजनैतिक कार्यक्रममा शिक्षक सहभागी नहुन र विद्यालय प्रयोग नगर्न गण्डकी गाउँपालिकाको सुचना।

राजनैतिक कार्यक्रममा शिक्षक सहभागी नहुन र विद्यालय प्रयोग नगर्न गण्डकी गाउँपालिकाको सुचना।
गण्डकी गाउँपालिका - गोर्खाको गण्डकी गाउँपालिकाले गण्डकी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाइ राजनैतिक कार्यक्रममा सहभागिता नजनाउन साथै कुनैपनी राजनैतिक कार्यक्रम विद्यालय क्षेत्र भित्र नगर्न सुचना जारी गरेको छ।                                                                                        सामाजिक संजालमा गण्डकी गाउँपालिका वडा ७ स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयमा राजनैतिक पार्टीको झण्डा सहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक हरु...

दोश्रो इच्छाकामना महोत्सव २०८० भदौ २७ गते देखी असोज ७ गते सम्म कुरिनटारमा हुने

दोश्रो इच्छाकामना महोत्सव २०८० भदौ २७ गते देखी असोज ७ गते सम्म कुरिनटारमा  हुने
हीरालाल गुरुङ कुरिनटार  : दोश्रो इच्छाकामना महोत्सव २०८० हुने भएको छ ।चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय उत्पादन  र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा  महोत्सव हुने भएको हो । आज कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो । महोत्सवमा क...