देश / समाज

देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

मौसम : यी स्थानमा आज भारी वर्षाको सम्भावना

मौसम :  यी स्थानमा आज भारी वर्षाको सम्भावना
काठमाडौं : देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी,...

भोली मुग्लिन,त्रिवेणी हुदैँ मनकामनासम्म मोटरसाइकल र्‍याली  हुदैँ, त्रिवेणीको जल मनकामनामा अर्पण गरिने

भोली मुग्लिन,त्रिवेणी हुदैँ मनकामनासम्म मोटरसाइकल र्‍याली  हुदैँ, त्रिवेणीको जल मनकामनामा अर्पण गरिने
हीरालाल गुरुङ मुग्लिन, ३२साउन : धार्मिक पर्यटकीय गन्तव्यको प्रचार-प्रसारका लागि मोटरसाइकल र्‍याली गरिने भएको छ । भदौ १ गते शनिबार चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनदेखि गोरखाको  सहिदलखन गाउँपालिका ३मा रहेको त्रिवेणी भवगती माइको मन्दिर हुदैँ मनकामनामाइको मन्दिर सम्म मोटरसाइकल र्‍याली गरिने भएको हो । मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरे पनि प्रचार-प्रसारको अभावमा मनकामनामाइको कान्छी बहिनी मानिने त्रिवेणी भगवतीमाइको मन्दिर ओझेलमा परेकाले  प्रचार प्रसारका लागि...

आकस्मिक आएको बाढीले सोलुखुम्बुको थामे गाउँ डुबानमा

आकस्मिक आएको बाढीले सोलुखुम्बुको थामे गाउँ डुबानमा
सोलुखुम्बु   : यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। भीषण बाढीले  थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरिएको छ। थामे गाउँमा बाढीले क्षति पु९याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए। उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षे...

सरकारले काभा भलिबल लिगमा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिइने

सरकारले काभा भलिबल लिगमा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिइने
काठमाडौँ  ः सरकारले काभा वुमन्स नेशन्स भलिबल लिग २०२४ मा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँका साथ सम्मान गर्ने भएको छ। साथै मुख्य प्रशिक्षकलाई २ लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने भएको छ। शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ बमोजिम उक्त पुरस्कार दिन थालेको जनाइएको छ।

मुग्लिन प्रहरीद्वारा गाँजा फडानी

मुग्लिन प्रहरीद्वारा गाँजा फडानी
मुग्लिन :  इलाका प्रहरी कार्यालय मुग्लिनले  गाँजाका बोटहरु नष्ट गरेका छन् । प्रहरी निरिक्षक निरला भण्डारीको कमाण्डमा खटिएको  प्रहरीको टोलीले चितवनको इच्छाकामना ५ भोटेश्वरामा  सडक छेउछाउ दुई रोपनी जग्गामा प्राकृतिक रुपमा  आफै उम्रेका  अवैध गाँजाका बोटहरु फडानी गरि  नष्ट गरेका हुन् । प्राकृतिक रुपमा आफै  उम्रिएको गाँजा प्रयोग नहोस् भनेर नष्ट गरिएको हो ।

पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ मूल्य घट्यो

पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। गएराती १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ।

चितवनको धानबालीमा रोगको समस्या

चितवनको धानबालीमा रोगको समस्या
चितवन : पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सक...

सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
सिन्धुली :   सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले दिनुभयो । उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । बिहीबार बिहान सवा ९ बजेतिर कमलाम...

रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने

रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने
काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको छ ।  डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्...