देश / समाज

प्रदेश स्तरीय ट्राफिक कार्यालय ईच्छाकामनाको कुरिनटारमा रहने, एसपीको नेतृत्वमा टोली खटियो

प्रदेश स्तरीय ट्राफिक कार्यालय ईच्छाकामनाको कुरिनटारमा रहने, एसपीको नेतृत्वमा टोली खटियो
कुरिनटार, २२ साउन । प्रदेश नम्बर ३ को प्रदेश स्तरीय ट्राफिक प्रहरी कार्यालय चितवनको कुरिनटारमा स्थापना गरिने भएको छ । कार्यालय स्थापनाको लागि प्रहरी उपरिक्षक नविन राज राईको नेतृत्वको टोली यतिवेला चितवनमा खटिएको छ । कार्यालयमा ३६ जना ट्राफिकको दरबन्दी तोकिएको छ । सुरुमा मुग्लिनमा कार्यालय राख्ने भनिएपनि घर उपलब्ध नभएका कारण कुरिनटामा कार्यालय राख्ने निश्चित भएको ट्राफिक प्रहरी उपरिक्षक नविन राज राइले बताए ।“पाँच जना कार्यक्षेत्रमा खटिएका छौं’,कार्यालय स्थापना गर्न अझै केहि ...

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गको मुग्लिन–नौविसे सडक सुचारु

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गको मुग्लिन–नौविसे सडक सुचारु
चितवन, २१ साउन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ । त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा खसेको पहिरो पनि पन्छाइएको छ । ...

जलविरे र घुमाउनेमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध

जलविरे र घुमाउनेमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध
चितवन, २१ साउन । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो । जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।

जवाङखोलामा सडकमाथीबाट आएको लेदोले ट्रक पुरियो, पृथ्वीराजमार्ग अवरुद्ध

जवाङखोलामा सडकमाथीबाट आएको लेदोले ट्रक पुरियो, पृथ्वीराजमार्ग अवरुद्ध
धादिङ २१ साउन ।  अविरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ  गाउँपालिका  वडा न १० स्थित जवाङ खोला नजिकै सडकमाथी बाट आएको लेदोले भारतीय गाडी पुरिएको छ ।  अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । पहिरो हटाई राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ । यसबैबीच पृथ्वी राजमार्ग अन्तरगत नै  चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा पनि पहिरो खसपछि सडक अवरुद्ध भएको छ ।

गंगामायाका छोरा नुरप्रसाद भेटिए, आमालाई बुझाउने तयारी

काठमाडौं, साउन २०   । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । प्रक्रिया पुरा गरेर उनलाई बुझाइने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए । कान्छो छोरा कृष्णप्रसादक...

इच्छाकामना बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो (नामावली सहित)

इच्छाकामना बस दुर्घटना अपडेट  : मृत्यु हुनेको संख्या आठ पुग्यो (नामावली सहित)
चितवन, ११ चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ खानीखोलामा बस र ट्रक एक आपसमा ठोकिदा मृत्यु हुनेको संख्या आठ जना पुगेको छ । ना५ख ७४०९ नम्बरको ट्रक घुमाउने क्रममा काठमाडौँबाट पोखराको लागि छुटेको ना६ख २५०६ नम्बरको बस ठोक्किदा बस त्रिशूली नदीमा खसेको थियो । शुक्रबार भएको दुर्घटनामा यात्रुबस सडकबाट करिब २० मिटर तल त्रिशूली नदीको किनारमा खसेको थियो । बसमा सवार यात्रुहरु ३५ जना रहेकोमा केहीको सकुशल उद्धार गरिएको र घाइते भएका १७ जनामध्ये एक जनाको काठमाडौँ, एक जनाको गजुरी, पाँच ...

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो
काठमाण्डौ, ११ साउन । सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ ।मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ । फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ । एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीले जनाए ।आजको कान्तिपुरमा खबर छ ।

गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै

गुरुजनप्रति सम्मान भाव प्रकट गरी  आज गुरु पूर्णिमा मनाइँदै
काठमाडौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भन...

आगमन कल बाइपास गर्ने तीन जना विरुद्ध मुद्दा

चितवन, १० साउन । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।रुपन्देही तिलोत्तमा नगारपालिका–११ का ३१ वर्षीय विजय गुरुङ, सोही स्थान का ३२ वर्षीय मीनप्रसाद रिजाल र भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सुनिल अधिकारीलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रह...

तनहुँको आँबुखैरेनीको सुनचाँदी पसलमा चोरी गर्ने एक जना पक्राउ

आँबुखैरेनी, १० साउन । तनहुँको आँबुखैरेनीको एक पसलबाट सुनचादी पसलमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । बुधबार राती तनहुँको आँबुखैरेनी गाँउपालिकाको गोर्खारोडमा रहेको चादनी सुनचाँदी पसलमा चोरी भएको हो । मुग्लिन–खैरेनी सडक अन्तर्गत पावर हाउस नजिकै मोडमा २ जना हिड्दै गरेको अवस्थामा शंका लागेर चेक जाँच गर्दा धेरै संख्यामा चादीका गरगहना फेला पारेर सोधपुछ गर्दा आँबुखैरेनीको सुनचाँदीको पसलबाट चोरी गरेर ल्याएको पाईएपछि चोरी भएको पत्ता लागेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको ...