कुरिनटार, २२ साउन । प्रदेश नम्बर ३ को प्रदेश स्तरीय ट्राफिक प्रहरी कार्यालय चितवनको कुरिनटारमा स्थापना गरिने भएको छ । कार्यालय स्थापनाको लागि प्रहरी उपरिक्षक नविन राज राईको नेतृत्वको टोली यतिवेला चितवनमा खटिएको छ । कार्यालयमा ३६ जना ट्राफिकको दरबन्दी तोकिएको छ ।

सुरुमा मुग्लिनमा कार्यालय राख्ने भनिएपनि घर उपलब्ध नभएका कारण कुरिनटामा कार्यालय राख्ने निश्चित भएको ट्राफिक प्रहरी उपरिक्षक नविन राज राइले बताए ।“पाँच जना कार्यक्षेत्रमा खटिएका छौं’,कार्यालय स्थापना गर्न अझै केहि समय लाग्छ,उनले भने ।” प्रदेशको निकै ब्यस्त राजामार्ग नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सोही क्षेत्रमा पर्ने भएकाले प्रदेश कार्यालय चितवनमा स्थापना गरिएको राईले बताए । उनले कार्यालय स्थापना भएपछि यसक्षेत्रको र प्रदेशको ट्राफिक ब्यवस्थापनमा सहजता आउने उनले दाबी गरे ।