चितवन, ११ चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ खानीखोलामा बस र ट्रक एक आपसमा ठोकिदा मृत्यु हुनेको संख्या आठ जना पुगेको छ ।
ना५ख ७४०९ नम्बरको ट्रक घुमाउने क्रममा काठमाडौँबाट पोखराको लागि छुटेको ना६ख २५०६ नम्बरको बस ठोक्किदा बस त्रिशूली नदीमा खसेको थियो । शुक्रबार भएको दुर्घटनामा यात्रुबस सडकबाट करिब २० मिटर तल त्रिशूली नदीको किनारमा खसेको थियो । बसमा सवार यात्रुहरु ३५ जना रहेकोमा केहीको सकुशल उद्धार गरिएको र घाइते भएका १७ जनामध्ये एक जनाको काठमाडौँ, एक जनाको गजुरी, पाँच जनाको पोखरा र ११ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमध्ये ६ जनाको परिचय खुलेको छ । खानी खोलामा भएको दुर्घटनामा परि पाल्पाको मृत्यु भएका बेगनासकालिका गाउँपालिकाका ३२ वर्षीय अर्जुन न्यौपाने, तनहूँको भानु नगरपालिका ५ का २७ वर्षीय सुमित श्रेष्ठ, तनहूँ भन्सारकी २७ वर्षीय कमला श्रेष्ठ, तनहूँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी, काठमाडौँका ३० वर्षीय रविन गुरुङ र भारत बिहार घर भएका फरोज मियाको सनाखत भएको छ । त्यस्तै दुर्घटनामा परि मृत्यु भएका करिब तीन वर्षका बालक, करिब १९ वर्षकी युवतीको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि घाइते भएका मध्ये तनहूँ भानु नगरपालिका ५ का मानबहादुर खड्कालाई नेपाली सेनाको अस्पताल काठमाडौँमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस्तै, धादिङ गजुरीका २२ वर्षीय सन्तोष सुवेदीलाई उपारका लागि गजुरी लगिएको छ भने बस चालक स्याङ्जाको पुतलीबजार नगरपालिका घर भएका ५१ वर्षीय उदयराज लामिछाने, चितवनको कालिका नगरपालिका घर भएका नौ वर्षीय क्रिस गुरुङ, कास्कीको पोखरा घर भएका ४५ वर्षीय भक्तबहादुर बस्नेत, नुवाकोटको बिदुर घर भएका १८ वर्षीय सौजन गजुरेल, कास्कीको पोखरा घर भएका २५ वर्षीय मेघबहादुर पुन, तनहूँको डुम्रे भन्सार घर भएका ५१ वर्षीय विष्णुकुमार श्रेष्ठको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यसैगरी, धादिङको निलकण्ठ नगरपालिकाकी २१ वर्षीय रमिता राना, स्याङ्जा वालिङ नगरपालिकाका ४० वर्षीय प्रमोद पंगेनी, पर्वतको कुस्मा नगरपालिका १४ का ४० वर्षीय वासुदेव पौडेल, तनहूँ छिन्केश्वरी गाउँपालिका ५ का ५५ वर्षीया प्रितिमाया गुरुङको भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परि घाइते भएका मध्ये स्याङ्जाको वालिङ नगरपालिका ९ का ४० वर्षीय एनएल गर्चन, वालिङ १३ का ३५ वर्षीय रमेश थापा, वालिङ १२ का २ वर्षीय निमेश न्यौपाने, वालिङ ८ का ३५ वर्षीय दिलबहादुर थापा र स्याङ्जाको पुतलीबजार नगरपालिकाका २५ वर्षीय मिनप्रसाद तिवारीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।