धादिङ २१ साउन । अविरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोला नजिकै सडकमाथी बाट आएको लेदोले भारतीय गाडी पुरिएको छ । अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । पहिरो हटाई राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यसबैबीच पृथ्वी राजमार्ग अन्तरगत नै चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा पनि पहिरो खसपछि सडक अवरुद्ध भएको छ ।