देश / समाज

आयल निगमले फेरी बढायो पेट्रोल र डिजेलको मुल्य

आयल निगमले फेरी बढायो पेट्रोल र डिजेलको मुल्य
काठमाडौं, ४ भदौ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ ।

कोरीयामा रहेका माडीवासीद्धारा हरिनगर आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

कोरीयामा रहेका माडीवासीद्धारा हरिनगर आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री  सहयोग
भदौ ०३ माडी ।चितवनको माडी नगरपालिका ६ मा अवस्थित हरिनगर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणि महतोको प्रमुख आतिथ्यमा सम्पन भएको कार्यक्रममा कोरियामा रहेका माडी बासीहरूको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको थियो। १२५ जना विद्यार्थीहरूलाई टाइ बेल्ट प्रदान गरिएको थियो भने हस्तान्तरण गरिएको सामानको सही सदुपयोग गरिदिन हुन दाता...

प्रदेश ३ को स्थायी राजधानीका लागि चितवन सहित पाँच जिल्ला प्रस्तावित ,कुन जिल्लाको विशेषता के ?

प्रदेश ३ को स्थायी राजधानीका लागि चितवन सहित पाँच जिल्ला प्रस्तावित ,कुन जिल्लाको विशेषता के ?
काठमाडौं,३ साउन । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ ...

न्याय सम्पादनमा रत्ननगर अब्बल,इजलासबाटै मुद्दाको फैसाला

न्याय सम्पादनमा रत्ननगर अब्बल,इजलासबाटै मुद्दाको फैसाला
चितवन ३ भदौ । स्थानीय तहको निर्वाचन पछि रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिले गरेको न्याय सम्पादनको काम प्रभावकारी देखिएको छ । समितिमा परेको मुद्दाको इजलासबाटै मुद्दाको फैसला हुने गरेको छ । न्यायिक समितिले ९ महिनामा ३४ वटा मुद्धा फैसला गरेको छ । उपमेयर विमला दुवाडीको नेतृत्वमा रहेको समितिले श्रीमान श्रीमतिको विवाद,जग्गाको साधसिमान,अंशबण्डा लगायतका ३४ वटा मुद्धा मेलमिलापबाटै फैसला गरेको हो । नगर स्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको ३४ वटा मुद्धा न्यायिक समित...

पहिरो कारण अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुई तर्फी संचालन

पहिरो कारण  अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुई तर्फी संचालन
चितवन, ३१ साउन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । यस सडकखण्ड अन्तरगत पहिरोका इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो जाँदा विहान १०:३० बजेदेखि सडक अवरुद्ध भएको थियो । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ३ घण्टा पछि १२ : ४५ मा सडक दुई तर्फी संचलानमा आएको हो ।

नारायणगढ – मुग्लिन सडक अवरुद्ध

नारायणगढ – मुग्लिन सडक अवरुद्ध
चितवन, ३१ साउन । नारायणगढ– मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

१८ औँ एसियाड फुटबल : नेपाल आज भियतनामविरुद्ध उत्रिँदै, जित्नैपर्ने दबाब

१८ औँ एसियाड फुटबल :  नेपाल आज भियतनामविरुद्ध उत्रिँदै, जित्नैपर्ने दबाब
चितवन, ३१ साउन । १८औं एसियाड खेलकुदअन्तर्गत आज नेपालले समूह चरणको दोस्रो खेलमा भियतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति रंगशालामा नेपाली समयअनुासर आज साँझ ६ बजेपछि सुरु हुँदैछ । यसअघि भएको पहिलो खेलमा नेपाल जापानसँग १–० ले पारजित भएको थियो । आज नेपालले दोस्रो खेलमा भियतनामविरुद्ध स्पष्ट जितका लागि खेल्नेछ । पराजित भए पनि नेपालले जापानविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । नेपाल आज सोही प्रदर्शनलाई कायम राख्दै पहिलो जितको खोजीमा हुनेछ । यता, भियतनामले पनि पहिलो खेलमा प...

रत्ननगर कर बृद्धि प्रकरण : आन्दोलनरत सात दल र नगरपालिकाबीच कर समायोजन गर्ने सहमति

रत्ननगर कर बृद्धि प्रकरण  : आन्दोलनरत सात दल र नगरपालिकाबीच कर समायोजन गर्ने सहमति
चितवन, ३१ साउन । आन्दोलनरत सात दल र रत्ननगर नगरपालिका बीच कर समायोजन गर्ने सहमति भएको छ ।गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको हो । कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गए राति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता लिइएको छ । अस्वाभाविक रूपमा कर बढाइएको भन्दै नेपाली काँग्रेसलगायत विभिन्न ...

४ डिआइजी र २७ एसएसपीको सरुवा, को कहाँ सरुवा हेरौँ

४ डिआइजी र २७ एसएसपीको सरुवा, को कहाँ सरुवा  हेरौँ
काठमाडौं, ३० साउन । गृह मन्त्रालयले ४ डिआइजी र २७ जना एसएसपीको सरुवा गरेको छ। सरुवा अनुसार काठमाडौं परिसरमा बसन्त लामालाई पठाइएको छ। काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलको प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएको छ। ललितपुरमा एसएसपी रबिन्द्र धानुकलाई पठाइएको छ। ललितपुर परिसरका एसएसपी गणेश ऐरलाई कल्याण शाखामा सरुवा गरिएको छ। त्यस्तै अरुण बिसीलाई अख्तियार, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधा...

एन्फाको विषेश साधारण सभा चितवनमा सुरु, प्रादेशिक संरचनामा जाने

एन्फाको विषेश साधारण  सभा  चितवनमा सुरु, प्रादेशिक संरचनामा जाने
चितवन, ३० साउन । अखिल नेपाल पुटबल संघ एन्फाको विशेष सधारण सभा चितवनको सौराहमा सुरु भएको छ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले साधारण सभाको उद्घाटन गरेका थिए । एन्फाको विषेश साधारण सभामा विषेश गरी जिल्ला संघको मताधिकारको विषयमा निर्णय हुनेछ । मुलुक संघियतामा गइसकेको अवस्थामा एन्फाले पनि आफ्नो विधान संघिय संरचना अनुशार नै संसोधन गर्ने तयारी गरेको छ । जसका कारण हाल विद्यमान जिल्ला संघहरुको मताधिकार प्रदेशमा मा सिमित हुनेछ जसमा जिल्ला संघहरुले विरोध जनाउन सक्नेछन् । ...