भदौ ०३ माडी ।चितवनको माडी नगरपालिका ६ मा अवस्थित हरिनगर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणि महतोको प्रमुख आतिथ्यमा सम्पन भएको कार्यक्रममा कोरियामा रहेका माडी बासीहरूको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको थियो।

१२५ जना विद्यार्थीहरूलाई टाइ बेल्ट प्रदान गरिएको थियो भने हस्तान्तरण गरिएको सामानको सही सदुपयोग गरिदिन हुन दाताहरूको तर्फबाट अनुरोध गरिएको थियो।सो कार्यक्रममा प्रमुख अतिथि चुडामणि महतो,विशिष्ट अतिथि एवम् चितवन सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष सूर्य पनेरू ,सोही संस्थाका निवर्तमान सचिव सुलभ बन्धु पोख्रेल,प्रअ दीपनाथ आचार्यले आ आफ्नो मन्तव्य राख्नु भएको थियो भने विद्यालयको तर्फबाट चितवन सम्पर्क समिति दक्षिण कोरियालाई संस्थागत रूपमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो।